• होमपेज
  • समाज
  • कुञ्जना घिमिरे (सुन्तली) भन्छिन-प्रकाश कँडेल देशद्रोही हो !

कुञ्जना घिमिरे (सुन्तली) भन्छिन-प्रकाश कँडेल देशद्रोही हो !

  • शुक्रबार, जेष्ठ १७, २०७६
कुञ्जना घिमिरे (सुन्तली) भन्छिन-प्रकाश कँडेल देशद्रोही हो !

काठमान्डौ , चितवनमा निर्माणधिन अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको बारमा डोजर लगाईएपछि यस घटनाको चौतर्फी आलोचना भईरहेको छ । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिएपछि यसको निकै बिरोध भयो । घटनाको व्यापक आलोचनपछि संलग्नहरु प्रक्राउ परिसकेका छन् । घर परिवार , भोक केही नभई देशका लागि रंगशाला निर्मााण् गर्न लाग्दा भएको अवरोधपछि सिताराम कट्टेल धुर्मुसले मन मात्र दुखाएनन् आँसु नै खसाले ।

बार भत्किएको देखेका उनले जीवनमै यो भन्दा कारुणिक दृश्य नदेखेको भन्दै रोए । घटनापछि कुञ्जना घिमिरे पनि चितवन आईपुगेकीछिन् । उनले रंगशालाको बार भत्काएपछि आक्रोसित हुँदै संलग्न सबैले माफी माग्दै क्षतिपुर्ती दिनु पर्ने माग गरिन् । उनले डोजर रंगशालाको बारमा नभई बिदेशमा खाडीमा रगत र पसिनामाथि चलेको बताईन् ।उनले भनिन् “सबै नेपालीहरुको मन भत्काईएको छ । रंगशालामा यतिबेला जति पनि संरचनाको काम भईरहेको छ सबै खाडीमा रगत पसिना बगाएर काम गर्ने , आफनो तरकारी खाने खर्च कटाएर दिएको दाजुभाईको पसिनामाथि डोजर लगाईयो” ।

उनले डोजर लगाउन नेतृत्व गर्ने र बार भत्काउँन संलग्न रहेका सबै स्थानीयहरुले सजाय पाउँनु पर्ने माग गरिन् । त्यतीमात्र होईन । ती व्यक्तिहरुबाट क्षतिपुर्ती भराउँनु पर्ने उनले बताईन् । उनले भनिन् “बार भत्काउँनेलाई देश देशद्रोही भन्छु त्यस्ता देश बिरोधी हरुलाई कडा भन्दा कडा सजाय हुनु पर्छ ।डोजर लगाउँने मुख्य प्रकाश कँडेलको पृष्ठभुमीको बारेमा नै खोजतलास हुनु पर्छ ।अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको छ त्यसले चित्त बुझ्दैन।त्यसलाई खुले आम देखाउनु पर्छ । जुत्ताको माला लगाउँनु पर्छ । रकम सहयोग गर्ने सबैसंग घुँडा टेकेर माफी माग्नु पर्छ” ।

उक्त घटनाले आफनो मन भत्किएको , मन रोएको बताउँदै उनले स्थानीयले रंगशाला निर्माणको घोषणा गर्दा घडा राखेर स्वागत गरेको तर रंगशालाको बार भत्काउँदा स्थानीय एक जुट नभएको भन्दै उनले गुनासो पोखिन् । उनले धुर्मुससंगै कामदारहरुको पनि ज्यान नै जोखिममा परेको भन्दै उनले भनिन् रंगशालाको काम तब मात्र सुरु हुन्छ जब धुर्मुस सुन्तलीको मात्र होईन रंगशालामा काम गर्ने कामदार , संरचनाको सरोकारवालाहरु र स्थानीयहरुले ध्यानार्कषण गर्दै रंगशाला निर्मााणको लागि सकुशल वातावरण सृजना गर्छन् तब मात्र हामीले यो कामको थालनी गर्नेछौँ ।

चर्चामा

सम्बन्धित समाचार