• होमपेज
  • राजनीति
  • सरकारले ल्याएको बजेट कार्यक्रता पाल्नका लागि हो ः रामचन्द पौडेल

सरकारले ल्याएको बजेट कार्यक्रता पाल्नका लागि हो ः रामचन्द पौडेल

  • बिहिबार, जेष्ठ १६, २०७६
सरकारले ल्याएको बजेट कार्यक्रता पाल्नका लागि हो ः रामचन्द पौडेल

बडीमालिका समाचार
बाजुरा १६ जेठ
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेले बर्तमान सरकारले ल्याएको बजेट कार्यकर्ताहरुलाई पालन पोषण गर्नका लागि ल्याएको बताएका छन् ।
विहिबार बाजुरा सदरमुकाम मार्तडीमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेले यस्तो बताएका हुन् ।
नेता पौडेलले जागरण कार्यक्रममा बोल्दै भने कम्युनिष्ट सरकारले ल्याएको बजेट कार्यान्वयन गर्दा केन्द्रबाट सोझै आफ्नै कार्यक्रताको संरक्षणमा जिल्लामा पठाउने र स्थानीय तहहरुलाई बाईपास गरि आफ्नै कार्यक्रर्ताहरुलाई योजनाको अध्यक्ष बनाउने र बजेट झ्वाम पार्ने गरेको आरोप लगाएका छन् ।
अर्को प्रशंगमा बोल्दै पौडेलले सरकार विकास र सम्वृद्धको मामलामा कुहिराको काग जस्तै भएको बताएका छन् । अहिलेको सरकारले सत्ताको दुरुपयोग गरेको र दुईतिहाईको सरकार बाँदरको हातमा नरिवल जस्तै भएको उल्लेख गरेका छन् ।
नेता पौडेलले भने दुईतिहाईको सरकारको दम्ब देखाएर कम्युनिष्ट सरकारले अख्तियार अदालतमा धम्काईरहेको आरोप समेत लगाएका छन् ।
नेपालमा नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको राष्ट्रिय जागरण अभियान कार्यक्रमलाइ सम्बोधन गर्न बाजुरा पुगेका पौडेले सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान कार्यक्रममा पुगेका थिए ।
नेपाली काँग्रेशका बरिष्टने रामचन्द्र पौडेले नेकपाको दुई तिहाईको सरकार देश पुरै काण्डै काण्डले परिचित भएको बताएका छन् । नेपाली काग्रेस बाजुराको जनजागरण कार्यक्रममा सम्बोद्धन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । नेपाली काग्रेश बाजुराको जनजागरण अभियान अन्तगत जिल्ला सदमुकाम मार्तडीमा आयोजित कायृक्रमा नेता पौडेलले यस्तो बताएका छन् । नेपाली जनताले सुनौलो अवसर दिएर पनी नेकपाको सरकारले काम भन्दा बढी हावा गफ दिएको बताए ।
देशको परिस्थित जस्तो हुनु पर्ने थियो त्यस्ता् नभएको र चिन्ताजनक भएको बताएका छन् । यो बजेटले जनतालाई तत्काल खुशी पार्ने ल्याएको भएपनि देशका ठुला ठुला महोत्वका योजनाहरु जस्ले देशको अर्थतन्त्रलाई बलियो बनाउने खालका योजनाहरुमा बजेट बिनियोजन नगरेको बताएका छन् ।
सरकरकाको तीन काममा शान्ति सुरक्षा, सुशासन र विकास निर्माणमा असफल भएको बताएका छन् । बजेट जुन ढंगबाट वितरण हुनुपर्ने हो नभएर कार्यकर्तालाई मनपरि बाडेर अर्थतन्त्रमा नैतिक शंकट ल्याउने र देश विकास तर्फ नगएर विनास तर्फ जाने संकेत भएको नेता पौडेलले बताएका छन् ।
सघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई बाईपास गरेर राज्यको ढुकुटी सिधै कार्यकर्ताद्धारा खर्च गरेको अरोप लगाएका छन् । यो बजेट कार्यन्वयन अनैतिक भएको र यस्तो प्रकृया माथि आपति भएको नेता पौडेलले बर्ताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार