
चितवन
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर लगाएर बार भत्काउनेलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । आज भरतपुर महानगरपालिकामा भएको सर्वपक्षिय छलफलमा प्रजिअ बस्नेतले जोसुकैको दबाब र प्रभावमा कारवाहीका लागि पछि नपर्ने प्रतिकृया दिए ।
