• होमपेज
  • राजनीति
  • जनताले दिएको अबसर सरकारले गुमायो : नेता पौडेल

जनताले दिएको अबसर सरकारले गुमायो : नेता पौडेल

  • बिहिबार, जेष्ठ १६, २०७६
जनताले दिएको अबसर सरकारले गुमायो  : नेता पौडेल

पदमबहादुर सिंह
जेठ, १६ बाजुरा : सरकारलाई नेपाली जनताले दिएको सुनौलो अबसर गुमाएको नेपाली काग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेलले वताएका छन् । जनताले केही गर्न सक्छ भनेर नेपाली जनताले बहुमत दिएकै हुन्, तर केही गर्न नसक्दा बहुमतको कदर गर्न सकेको पौडेलले नेपाल प्रेस यूनियन जिल्ला शाखा बाजुराले गरेको पत्रकार सम्मेनमा बोल्दै यस्तो बताएका हुन् ।
देशको परिस्थित जस्तो हुनु पर्ने थियो, त्यस्तो नभएको र देश चिन्ताजनक अबस्थामा गएको बताएका छन् । राजनैतिकको ब्यबस्थाको टुङगो लागेर देशमा स्थायीत्वको सरकार भएर पनि सरकारले त्यो बाताबरणलाई सदुपयोग गर्न सकेको छैन् । यो भन्दा पहिलेका जति पनि सरकार आए यस्तो अवसर पाएका थिएन । यो सरकारले काम गर्ने मेसो नपाएको बताए ।
जेठ १५ गतेको बजेट लोकप्रिय भएतापनि तर अहिलेको सरकारले कार्यन्वयनमा समस्या हुने भएका बताए । यो बजेटले जनतालाई तत्काल खुशी पार्ने ल्याएको छ, तर देशका ठुला ठुला महोत्वका योजनाहरु जस्ले देशको अर्थतन्त्रलाई बलियो बनाउने खालका योजनाहरुमा बजेट बिनियोजन गरेको छैन् । त्यसो भएकोले बजेट राज्यको जुन समृद्धिको यात्रामा विनियोजीत हुनुपर्ने हो त्यो नभएाको पौडेलले वताए ।
सरकारका तीन काम शान्ति सुरक्षा, सुशासन र विकास निर्माणमा असफल भएको छ । यो तीन काममा बजेटको दुरुपयोग भएको बताएका छन् । बजेट जुन ढंगबाट वितरण हुनुपर्ने हो नभएर कार्यकर्तालाई मनपरि बाडेर अर्थतन्त्रमा नैतिक शंकट ल्याउने र देश विकास तर्फ नगएर विनास तर्फ गएको बताएका छन् ।
सरकारले संघिय तहको मर्म बिपरित काम गरेको बताए छन् । सघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई बाईपास गरेर राज्यको ढुकुटी सिधै कार्यकर्ताद्धारा खर्च गरेको अरोप लगाएका छन् । आफुले पहिले नै भनेको कुरा अहिले साचो सावित हुदै गएको बताए । जुन अहिलेको विप्लको गतिविधि बारे पहिला नै समयमै समधान तिर लाग्न भनेको थिए । तर अहिले सरकारले त्यसको बेवास्था गरिरहेको बताए । राष्ट्रिय अनुसन्धान विभागले दिएको प्रतिबेदन लाई सरकारले व्यवास्था गरेर हेल्चेर्काई गरेको र अहिले मानविय क्षेती भईरहेको बताए । सरकारलाई विप्लबको गतिविधि थाहा भएको र सरकारले गम्भिरता नदेखाएको बताए । देशमा शान्ति सुरक्षा भएन सुशासन त झनै नभएको बताए । देश पुरै काण्डै काण्डले परिचित भएको र विकास अगाडी बढेन सरकारले बिकासमा केलाई प्राथामिकता दिनु पथ्र्यो त्यतातिर ध्यान नदिएर कार्यकर्ता मुखी भएको बताए ।
अर्को प्रसंङगमा बोल्दै सरकारले ल्याएको प्रेस बिधेक गतल भएको बताएका छन् । सरकारका गलत गतिबिधि प्रेस माफत बाहिर आउने भएकाले बिधेक मार्फत पत्रकारका मुख बन्द गर्न सरकारले बिधेक ल्याएको आरोप लगाएका छन् । पत्रकार सम्मेलन प्रेश युनियन बाजुरा अध्यक्ष प्रेम रोलेको अध्यक्षतामा भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार