• होमपेज
  • खेलकुद
  • धोनी र केएल राहुलको शतकमा भारतको जित

धोनी र केएल राहुलको शतकमा भारतको जित

  • बुधबार, जेष्ठ १५, २०७६
धोनी र केएल राहुलको शतकमा भारतको जित

काठमाडौं । विश्वकप क्रिकेटको तयारीको लागि भएको अभ्यास खेलमा भारतले बंगलादेशमाथि सहज जित निकालेको छ ।

सोफिया गार्डेन्समा मंगलबार राति भएको खेलमा भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको हो । ३६० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २६४ रन मात्रै बनाउन सक्यो ।

बंगलादेशका मुश्फिक्युर रहिमले ९० रन बनाए । त्यस्तै, लिटोन दासले ७३ रन बनाउँदा मेहेदी हसन मिराजले २७ रन बनाए । बलिङतर्फ कुलदिप यादव र युजभिन्द्र चाहालले समान ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३५९ रन बनाएको थियो । भारतको लागि महेन्द्रसिंह धोनीले ११३ रन बनाए । उनले ७८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै शतक बनाएका थिए । त्यस्तै, केएल राहुलले १०८ रन बनाए । कप्तान विराट कोहली भने ४७ रनमा आउट भए ।

चर्चामा

सम्बन्धित समाचार