मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • कसको प्रेममा छिन् सारा ?

कसको प्रेममा छिन् सारा ?

  • बुधबार, जेष्ठ १५, २०७६
कसको प्रेममा छिन् सारा ?

नायिका सारा सिर्पालीलाई ‘सुश्री सम्पत्ती’ असफल भएपछि राम्रा ब्यानरबाट अफर गएको छैन । पछिल्लो रिलिज ‘जात्रै जात्रा’को एउटा गीतमा नृत्य गर्नुबाहेक साराका लागि चलचित्र क्षेत्र त्यती सुखद देखिएको छैन । सारा राम्रो चलचित्र र राम्रो ब्यानरको खोजीमा छिन् । तर, उनलाई यी सबै कुराले लक लागेको छैन ।

तर, नायिका सारा सिर्पाली अहिले गहिरो प्रेममा रहेको उनकै एउटा भिडियोले पनि पुष्टी गर्दछ । साराले आफ्नो इन्स्टाग्राममा राखेको एक भिडियोमा उनी एक यूवकको हात समातेर खुशी देखिएकी छिन् । साराले इन्स्टाग्राममा राखेको भिडियोमा यूवकको हात मात्र देख्न सकिन्छ ।

साराले आफू प्रेममा रहेको पुष्टी गर्न पनि यो भिडियो सामाजिक संजालमा राखेकी हुन् । तर, उनी कसको प्रेममा छिन् भन्ने खुलेको छैन । केही समय अगाडि नायक अनमोल केसीसँग उनको प्रेम सम्बन्ध रहेको चर्चा चलेपनि अनमोलले खण्डन गरेसँगै यो चर्चा सेलाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार