मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • के प्रदिपको जोडी बन्दै छिन् अन्जली अधिकारी ?

के प्रदिपको जोडी बन्दै छिन् अन्जली अधिकारी ?

  • मङ्लबार, जेष्ठ १४, २०७६
के प्रदिपको जोडी बन्दै छिन् अन्जली अधिकारी ?

चलचित्र ‘प्रेमगीत ३’को लागी लोकेसन छायाङ्कन मिती तथा कथा समेत फाइनल भैसक्दा पनि चलचित्रको लिड क्यारेक्टर ‘गीत ‘ को भूमिकामा अभिनय गर्ने नायिकाको अत्तोपत्तो छैन । हिट चलचित्र ‘प्रेमगीत’ को तेस्रो सिरिज यस चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । चलचित्रकी नायिका छनौटको लागी निर्माण पक्षले खुल्ला प्रतिष्पर्था आयोजना गरेको थियो र आवेदन दिएका २७ सयभन्दा बढी युवतीबाट उत्कृष्ट २५ छानिइसकेका छन् ।

ति २५ बाट क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर एकलाई ‘गीत’ क्यारेक्टरमा छानिने र यसको लागी अडिसन पनि हुने निर्माता निर्देशक सन्तोष शेनले बताएका थिए । तर अडिसन सुरु नहुँदै चलचित्रमा चर्चित मोडल अञ्जली अधिकारी छानिएको हल्ला सुनिन थालेको छ । ‘बोल माया’ बोलको भिडियोबाट चर्चामा आएकी उनी अभिनीत नयाँ भिडियो ‘गलबन्दी’ अहिले युट्युबको ट्रेन्डिङमा छ ।

उनका अनुसार अभिनेता प्रदिपकी डाइ हार्ट फ्यान पनि हुन् । उत्कृष्ट २५ मा परेकी उनलाई नै गीत क्यारेक्टरका लागी फाइनल गरिएको जानकारी बाहिरिएको छ ।तर निर्देशक सेन भन्छन् हामी यस्तो बेइमानी काम कदापी गर्दैनौँ देखाउनका लागि मात्र हामीले अडिसन गर्न लागेका होइनौं ।

हामी अडिसनबाटै अभिनेत्री छान्नेछौं । उनको यो अभिव्यक्ती कती हदसम्म सही होला त्यो त नतिजाले देखाउने छ ।

चर्चामा

सम्बन्धित समाचार