• होमपेज
  • राजनीति
  • करिश्मा मानन्धरले गरिन् पाटी परित्याग, बाबुरामलाई तनाव

करिश्मा मानन्धरले गरिन् पाटी परित्याग, बाबुरामलाई तनाव

  • मङ्लबार, जेष्ठ १४, २०७६
करिश्मा मानन्धरले गरिन् पाटी परित्याग, बाबुरामलाई तनाव

अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । नेतृ मानन्धले हालैमात्र आफू राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन् सो घोषणा सहित अहिले बाबुराम तनाबमा रहेको श्रोतले जानकारी दिएको छ । तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू राजनीतिमा नरहेको बताएकी हुन् ।

चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । त्यसयता निष्क्रियजस्तै रहेकी उनले एकाएक राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन् ।

उनले, नयाँ शक्ति पार्टी र फोरमको एकीकरण हुनुलाई राम्रो भन्दै यो नयाँ पार्टीमा आफू सामेल हुनैपर्छ भन्ने नरहेको पनि बताएकी छिन् । उनको यो कुराले पनि उनले अब राजनीतिलाई नयाँ चिराबाट अगाडि बढाउन चाहेको बुझ्न सकिन्छ ।

उनले, कुनै पनि पार्टीमा आबद्ध भएर मात्रै राजनीति नहुने भन्दै स्वतन्त्र रुपमा ललितपुरबाट चुनाव लड्न सक्ने पनि उल्लेख गरेकी छिन् । उनले थपडी बजाउनका लागि मात्र राजनीति नगर्ने भन्दै अब आफ्नो भूमिका खोज्ने बताएकी छिन् । अभिनेत्री मानन्धरले अब कसैको बाँसुरी बजाएर नहिड्ने समेत बताएकी छिन् । पदको लोभमा नलाग्दा कसैको नराम्रो कामको विरोध गर्न पनि गाह्रो नहुने करिश्माको तर्क छ ।

करिष्मा झण्डै ४ वर्ष अघि २०७२ सालमा डा. बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् ।

करिब तीन दशक नेपाली फिल्म अभिनयमा बिताएकी करिष्मा फिल्म क्षेत्रमा सदाबहार ब्युटी अभिनेत्रीको रुपमा चिनिन्छिन् । अहिले पनि फिल्म अभिनयमा सक्रिय करिष्मा केही अगाडि एसईई परीक्षाका कारण चर्चामा थिइन् ।

चर्चामा

सम्बन्धित समाचार