• होमपेज
  • समाज
  • स्थानीय तह प्रभावकारी भएनन्

स्थानीय तह प्रभावकारी भएनन्

  • मङ्लबार, जेष्ठ १४, २०७६
स्थानीय तह प्रभावकारी भएनन्

विभिन्न क्षेत्रका जनप्रतिनिधिहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफुखुशी कर्मचारी पठाएकाले सेवा प्रवाह चुस्तदुरुस्त हुन नसकेको गुनासो गरेका छन् । कर्मचारी समायोजन गर्दा स्थानीय तहको आवश्यकतालाई ख्यालै नगरिएको आरोप लगाउंदै कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन भन्छन्–‘समायोजनमा पठाइएका अधिकाशं कर्मचारीलाई कम्प्युटर नै चलाउन आउँदैन । बच्चाको जन्मदर्ता अनलाइनमार्फत भर्नुपर्ने स्थिति छ । कम्प्युटरै नजान्नेबाट सेवाग्राहीले यथोचित सेवा कसरी पाउंलान् ?’

ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको भनाइ पनि यो भन्दा फरक छैन । उनी भन्छन्–स्थानीय तहका लागि कानून बनाउन जान्ने, योजना तर्जुमा एवम् कार्यान्वयन र समाज विज्ञानको अनुभव भएको कर्मचारी चाहिन्छ ।

मन्त्रालयले यस्ता नभई महिला विभाग र हुलाक कार्यालयका कर्मचारी पठाएको टिप्पणी गर्दै नगरप्रमुख श्रेष्ठ थपे–‘यस्तो कर्मचारीले कसरी स्थानीय तह चलाउने ?’ नगरपालिकाका अनुसार अहिलेसम्म करिब १ सय जना कर्मचारी पठाइएको भए पनि स्थानीय तहका लागि आवश्यक कमै भेटिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार