सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • डिक्रा वादी र राम बहादुर दानीको आवाजमा देउडा गीतको मार्तडीमा छायाङ्कन ।

डिक्रा वादी र राम बहादुर दानीको आवाजमा देउडा गीतको मार्तडीमा छायाङ्कन ।

  • सोमवार, जेष्ठ १३, २०७६
डिक्रा वादी र राम बहादुर दानीको आवाजमा देउडा गीतको मार्तडीमा छायाङ्कन ।

राजेन्द्र बहादुर रोकाया
जेष्ठ १३ गते
लामो समय सम्म गीत संगितबाट टाढिएकी चर्चित देउडा गायिका डिक्रा वादी र गायक राम बहादुर दानीको आवाजमा रहेको माया प्रेमको विछोड र मिलनका कुराहरुलाई शदमा बुनेर तयार पारीएको देउडा गित यो रहणी आयोको सोमबार सदरमुकाम मार्तडीमा छायाङ्कन सम्पन्न भएको छ । राम बहादुर दानी स्वयमको शब्द संगित रहेको उक्त गितमा बाजुरा जिल्लाका बिभित्र उद्गम स्थानहरुको चित्रण गरिएको पाईएको छ । केहि शब्दहरु माया प्रेमको मिलन बिछोडका शब्दहरु समेटिएका छन । सदरमुकाम मार्तडीको रमणिय स्थानहरुमा सम्पत्र भएको गायक दानीले बताएका छन । बिगत लामो समय सम्म नेपाली गित संगितमा संघर्ष गर्दै आएका गायक दानीलाई आफ्नै स्थानले चिन्न नसके पनि शुदुरपश्चिमका चर्चित गायक गायिका हरुले आफुले शब्द संगित गरेका गीतहरुमा आवाज दिएको गायक दानीको भनाई रहेकोछ । समाजमा हुने गरेका घटनाहरुलाई बिषेश चित्रण गरेर सिर्जना तयार पर्ने गरेको दानीको भनई रहेको छ ।
सेती महाकाली म्युजिक प्रा।लि।वाट उत्पादन गरेको सो गितको निर्देशन स्वयम् गायक दानीले गर्नु भएको छ भने छायाङ्कन धन बहादुर बि।सी।ले गर्नु भएकोछ छ । गायिका तथा मोडेल मनिसा दानी र सञ्चारकर्मी जनक बोहराले अभिनय गरेको गितले डिक्रा वादीको स्वराङ्कन गरेको गितले थप चर्चा पाउने अनुमान गरिएको छ । आफुले शब्द सिर्जना गरेका धेरै गितहरु मध्ये पात झरी गै कुवा, बैकिनी, खेल्न्याँ थली, बाँठ्या पौँणो र कप्पाल भरी जौँणा गितहरुलाइ दर्शकले औधि मन पराएको गायक दानीको दाबी रहेको छ । चर्चित देउडा गायिका र राम बहादुर दानीको आवाजमा रहेको सोमबार मात्र मार्तडीमा छायाङ्कन भएको र गीतको जेष्ठ १४ गते दुरसञ्चार कार्यालय मार्तडीमा देउडा खेल हुने गितका छायाङ्ककन धान बहादुर बि।सी।ले जनकारी दिएका छन । गितले थप बजारमा चर्चा पाउने गायक दानीले आसा गरेको बताएका हुन ।

चर्चामा

सम्बन्धित समाचार