• होमपेज
  • राजनीति
  • विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध छ : गृहमन्त्री थापा

विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध छ : गृहमन्त्री थापा

  • सोमवार, जेष्ठ १३, २०७६
विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।सोमबार राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे संसदलाई जानकारी दिँदै उनले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने भन्दै राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उनले बताए।

विप्लव समूहको बन्द र आपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको, तर शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको उनले बताउंदै, ‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको बताए। उनले विप्लव समूहलाई मुल धारमा ल्याउन र गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध रहेको समेत जानकारी गराए।

चर्चामा

सम्बन्धित समाचार