• होमपेज
  • गौमुल
  • गाँउघरमा पुगेर वालबिवाह रोक्दै गाँउपालिका

गाँउघरमा पुगेर वालबिवाह रोक्दै गाँउपालिका

  • आइतवार, जेष्ठ १२, २०७६
गाँउघरमा पुगेर वालबिवाह रोक्दै गाँउपालिका

बडिमालिका समचार
बाजुरा, १२ जेठ
गौमुल गाँउपालिका जनप्रतिनिधि गाँउघरमा पुगेर वालबिवाह रोक्ने गरेका छन् । वालबिवाह हुन लागेको जानकारी पाँउने बित्तिकै गाँउपालिका र प्रहरी टोली गएर रोक्ने गरेको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताए । गाँउपालिका अध्यक्ष हरि बहादुर रोकाया, उपाअध्यक्ष सिता थापा लगायत वडा सदस्य र कार्यपालिका सदस्य लगायत गाँउपालिकाको सम्पुर्ण टोली वालबिवाह रोक्ने अभियानमा लागेको अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।

गौमुल ६ कि १५ बर्षिय ललिता रोकाया र सोही गाँउपालिका ५ का १७ बर्षिय कृष्ण रोकायाले तिन दिन पहिला भागि बिवाह गर्ने खोजे । गाँउ बाट तिन सम्म पनि भागे । गाँउपालिका र प्रहरीले थाहा पाँउने बितिकै दुबैलाई प्रक्राउ गरेर वालबिवाह रोकेका छन् । आईतवार गाँउपालिकाको कार्यलयमा आफन्तलाई बोलाई दुबैलाई आफन्तको पक्षमा कागज बनाएर लगाएको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताए ।

वालबिवाह हुन लागेको जानकारी थाहा पाँउने बितिकै वडा अध्यक्ष र प्रहरीलाई खबर गरेर दुबै जनालाई बोलाएर रोक्न लगाएको अध्यक्ष हरि रोकायाले वताए । ललिता कक्षा ८ मा अध्यनरत छन्, भने कृष्ण कक्षा १० मा अध्यनरत छन् । गाँउपालिका वालबिवाह बढदै गएपछि रोक्नका लागि प्रत्येक बालवालिकाको बिद्यालयमा निगरानि पत्र समेत दिइएको गाँउपालिकाले वताएको छ । वालबिवाह गर्ने बढि माध्यामिक तहको हुन्, बिहे गरेको बिद्यालयलाई जानकारी हुने भएकाले बिद्यालयमा हप्ताको दुई पटक प्रत्येकको अबस्थाको बारेमा बिद्यालयले जानकारी लिने गरेका छन् । बिहे गर्न लागेको थाहा पाँउने बितिकै रोक्न लगाउने गरेका छन् ।
गौमुल गाँउपालिकाले ६ महिना यता मात्र ४ वटा बालविवाह रोकेको छ । वडा नम्बर १ दुर्गाली र वडा नम्बर ४ दहकोटमा गएको बैशाख महिनामा मात्र बालविवाह रोकेका थिए । भगाएर बिहे गर्ने समयमा थाहा पाईयो, तुरुन्त गएर रोक्ने काम भइरहेको गाँउपालिका अध्यक्ष हरि  राेकायाले वताए । यो अभियानमा प्रहरीको पनि महत्वपुर्ण रहेको उनले वताए । घटमुना प्रहरी चौकीका प्रहरी नायब निरिक्षक बसन्त खातीले भने गाँउपालिका र आफुहरु मिलेर बालविवाह रोक्न काम भइरहेको वताएका छन् ।
गाँउपालिकाले वालबिवाह रोक्नका लागि गाँउमा बिभिन्न चेतना मुलक कार्यक्रम गरिरहेको गाँउपालिकाकी उपाअध्यक्ष सिता थापाले वताएकि छन् । जुनसुकै सार्वजनिक कार्यक्रममा समेत वालबिवाह गर्नु हुन्ने भनेर जानकारी गराउदै आएको गाँउपालिकाले जनाएको छ ।
पछिल्लो समयमा वालबिवाह बढदै गएपछि बाजुरा जिल्लामा वालविवाह बढदै गएपछि बाजुरा प्रहरीले स्थानिय, नागरिक समाज, पत्रकार सहयोगमा वालविवाह रोक्न अभियान थालेको गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य काशि बिकले वताए । बाजुराका ९ वटै स्थानिय तहमा स्थानिय, प्रहरी, गैर सरकारी तथा सरकारी संस्था महिला समुह, वालसमुहले वाविवाह रोक्ने चेतना मुलक बिभिन्न गतिबिधि पनि गर्दै आएका छन् ।
मुलुकी अपराध ( संहिता) ऐन, २०७४ को परिच्छेद ११ विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १ सय ७३ मा विवाह गर्ने व्यक्तिको उमेर २० बर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने कानुनी ब्यबस्था रहेको छ । तर २० बर्ष नपुगी गरेको विवाह स्वत बदर हुने ब्यबस्था छ ।२० बर्ष उमेर नपुगी विवाह गर्ने गराउनेलाइ ३ बर्ष सम्म कैद र ३० हजार सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार