• होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका मुक्तक दाेहाेरी : बुढा-बुढी

कलक राेकाया सानुका मुक्तक दाेहाेरी : बुढा-बुढी

  • आइतवार, जेष्ठ १२, २०७६
कलक राेकाया सानुका मुक्तक दाेहाेरी : बुढा-बुढी

बुढा-
तिमी मेराे नभएकाे संका मानेरै हाे,
गल्ति गरे घरी-घरी मैले जानेरै हाे ।
बुढा भन्छाै गालि गर्छाै तेति पनि सए,
सकिन बस्न अबत म रक्सी तानेरै हाे ।
बुढी-
मन पराउने जति अझै पराउन्छाै बुढा,
धेर‌‌ै भयाे क्यार-क्यार कराउन्छाै बुढा।
रमाउला जिन्दगी भर खुशि दिउला भन्थ्याै,
रिस उठेकाे बेला भिडबाट लडाउन्छाै बुढा।
बुढा-
भैगाे कसम अरु कुनै मन पराउने छैन,
गल्ति गरे अब देखि रिसले कराउने छैन।
संगै जिउला दु:ख-शुख सं-संगै मिलि,
नाना थरी कुरा लगाई अब बडाउने छै
बुढी-
एक-एक्लै भए राम्रि केटिमात्र हेर्छाै ,
बिश्वास छैन झुटाे बाेलिमात्र फेर्छाै ।
मुखले ठिक्क पार्छाै बाेलि फेरेर बुढा,
गर्न हुन्न भन्दै फेरी गल्ती अाफै गर्छाै
बुढा-
भैगाे अब चालीस कटाई रमाउन्छु,
जिन्दगी गुजार्ने ईलम गरि कमाउन्छु।
बाल-बच्चा घरपरिवार संगै साथमा राखि,
थाेरै खर्च गराएर पैशा धेरै जमाउन्छु ।
बुढी-
म पाल्छु केटाकेटि गरि कमाई घरमा,
जिन्दगी काट्नु छ पाखुरीकाे भरमा।
धेरै दु:ख भयाे बुढा पैशा नहुदा अाज,
जाउ घर छाेड कमाउ पेशा शहरमा ।
कलक राेकाया सानु
ठेगाना: गाैमुल ६ सालिकाेट बाजुरा
[email protected]
कार्यरत: नेपाल प्रहरी

चर्चामा

सम्बन्धित समाचार