१.कहिल्यै पनी अरुको छेउमा आफुले आफुलाई कम्जोर साबित नगर्नुहोस किनकी डुब्न लागेको घाम देखेर मान्छेहरुले आफ्नो घरको ढोका लगाउने गर्दछन । २. फुल जती नै सुन्दर भएपनी प्रशंसा सधै त्यसको मिठो बास्नाको गरिन्छ त्यसैगरी मान्छे जति नै ठुलो र राम्रो भएपनी प्रशंसा सधै त्यसको राम्रो गुणको गरिन्छ । ३.घमण्ड रक्सी भन्दा ठुलो नशा हो किनकी रक्सीले तपाईको शरिरलाई मात्र हानि गर्च तर घमण्डले तपाईको अस्तित्त्वलाई नै सिध्याउछ । ४.समस्याको बेला कसैले तपाईको सुझाव माग्यो भने सुझाव संगै तपाईले सहयोग पनी दिनु किनकी तपाइले दिएको सुझावले काम नगर्न पनी सक्छ तर तपाईको सहयोग र साथले अवस्य काम बन्नेछ । ५.वास्तवमा मान्छेले गल्ती गरेर दुनिया बाट बच्न खोज्छ तर विचरा मानिस लाई यो नै थाहा हुदैन कि सजाय दुनियाले हैन समयले हो दिने हो । ६.जिवनमा त्यो मान्छेलाई माया गर्नु जसले तपाईका यि तिन कुराहरुलाई बुझ्ने गर्छ एक तपाईको मुस्कान भित्र लुकेको पिडा लाई दुई तपाईको रिस भित्र लुकेको मायालाई र तिन तपाईको विश्वास भित्र लुकेको कारणलाई । ७.जब तलाउमा पानी भरिन्छ तब माछाले किडालाई खाने गर्छ तर जब तलाउमा पानी सुकेर जान्छ तब त्यही माछालाई किडाले खाने गर्छ त्यसैले जिवनमा कहिल्यै पनि निराश नहुनु किनकि पालो सबृको आउछ वस हलिकति ढिलो र चाडोको कुरा मात्र हो । ८.कहिलेकाही हामी कसैको लागी पनी यति जरुरी हुदैनौ जति हामि सोच्ने गर्छौ त्यसैले जहा तपाईको एकदम खाँचो छ त्यहाँ मात्र आफ्नो उपस्तिथी दिनु अन्यथा हर एकले तपाईलाई मजाकमा उडाई दिने छ। ९.पुरुष र स्त्रीको प्रेममा धेरै अन्तर हुन्छ जब एउटा पुरुषले स्त्री संग प्रेम गर्छ तब उसले आफ्नो जिवनको अलिकती हिस्सा दिने गर्छ तर जब एउटी स्त्रीले प्रेम गर्छे तब उसले आफ्नो सर्वस्व दिने गर्छ । १०.यदी तपाई आफ्नो लक्ष्य प्रति पागल हुनुहुन्छ भने बधाई छ किनकि इतिहास पागलहरुले रच्ने गर्छन र बुद्धिमान हरुले पढ्ने गर्छन त्यसैले इतिहास रट्ने हैन इतिहास रच्ने कोसिस गर्नुहोस । ११.कृपया फल पाकेको रुखमा ढुङ्गा हान्यो भन्दैमा दुःख नमान्नु किनकी जुन रुखमा फल लागेको हुन्छ त्यही रुखमा दुनियाले ढुङ्गा हान्छ । १२.मेहनत गर्दा गर्दै थाके भनेर कहिल्यै नभन्नुहोस किनकी पसिना जब सम्म आउदैन तब सम्म तपाईको मन ढुक्क हुदैन जब पसिना आउछ तब तपाईले मेहनत गरेको प्रमाणित हुन्छ । १३.कहिल्यै पनी बोल्नु भन्दा पुर्व एकपटक सोच विचार गरेर बोल्नुहोला जब तपाइ सोच विचार नगरी बोल्नुहुन्छ भने त्यहा परिस्तिथीले बाटो काट्ला अनि पछुताउनु पर्ला तपाईको बोलीको महत्व सवैले बुझोस त्यही ठाउमा मात्र बोल्नुहोला तपाइको बोलीले बोलिको वातावरणमा परिवर्तन ल्याओस । १४.मान्छेले उठ्नको लागि जति मेहनत गर्छ त्यति नै मेहनत जिवन जिउनका लागी पनी गर्नु पर्छ तब मात्र जिवन जिउनुको अर्थ रहन्छ ।
लेखक : उमेश अवस्थीः-आदर्श हुन