• होमपेज
  • खेलकुद
  • महिला लिग फुटबलको उपाधि सेथुलाई

महिला लिग फुटबलको उपाधि सेथुलाई

  • बिहिबार, जेष्ठ ९, २०७६
महिला लिग फुटबलको उपाधि सेथुलाई

एजेन्सी । भारतीय महिला लिग फुटबलको उपाधि सेथुले जितेको छ । फाइनलमा मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाली खेलाडी सावित्रा भण्डारीको टिमले उपाधि जितेको हो । उपाधि दिलाउन सावित्रा एक्लैले २ गोल गरिन् ।

पहिलो हाफको ४४ औं मिनेटमा मणिपुरका लागि राधारानी देवीले गोल गर्दै अग्रता दिलाइन् ।
उक्त गोलले सेथुविरुद्ध पहिलो हाफमा अग्रता बनाए पनि त्यो अग्रता दोस्रो हाफमा भने टिकाउन सकेन । ५६ औं मिनेटमा सेथुलाई मणिपुरले उपहार गोल दिएको थियो । ग्रेसले प्रहार गरेको बल किलियर गर्न खोज्दा उमापत्ति देवीले आफ्नै पोष्टमा पुर्याएकी थिइन् ।

१–१ गोलको बराबरी भएकाले बेला सेथुका लागि नेपाली खेलाडी सावित्राले ६१ औं मिनेटमा गोल थप्दै अग्रता २–१ बनाउन सफल भइन् । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएकी सावित्राले ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टिम ३–१ ले अघि बढेको थियो । त्यसपछि थप गोल नभएपछि सेथुले उपाधि जित्न सफल भएको हो ।

चर्चामा

सम्बन्धित समाचार