• होमपेज
  • खेलकुद
  • क्यारेवियन लिगमा सन्दीपमाथि लाग्यो ७८ लाखको बोली

क्यारेवियन लिगमा सन्दीपमाथि लाग्यो ७८ लाखको बोली

  • बिहिबार, जेष्ठ ९, २०७६
क्यारेवियन लिगमा सन्दीपमाथि लाग्यो ७८ लाखको बोली

काठमाडौं । नेपाली युवा स्पीनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग बार्बेडर्स टाइटन्सबाट खेल्ने भएका छन् । बुधबार भएको ड्राफ्टमा उनलाई क्लबले बोली लगाएको हो ।

गत सिजन उनले सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सबाट खेलेका थिए । ५ खेल खेलेका उनले ७ विकेट लिएका थिए । त्यसबेला उनको मूल्य मात्र ५ हजार डलर थियो ।

यो पटक उनको मूल्य पनि बढेको छ । उनले ७० हजार डलर अर्थात ७८ लाख रूपैयाँ पाउनेछन् ।

चर्चामा

सम्बन्धित समाचार