सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सलमान खानले कैटरिनाकालागि गरे यस्तो काम, फ्यानले सोचेकासम्म थिएनन्

सलमान खानले कैटरिनाकालागि गरे यस्तो काम, फ्यानले सोचेकासम्म थिएनन्

  • आइतवार, जेष्ठ ५, २०७६
सलमान खानले कैटरिनाकालागि गरे यस्तो काम, फ्यानले सोचेकासम्म थिएनन्

मुम्बई। बलिउड अभिनेत्री कैटरिना कैफ यतिबेला आफ्नो नयाँ फिल्म ‘भारत’ लाई लिएर निकै चर्चामा छन्। यो फिल्ममा कैटरिना र सलमान खानको मुख्य भूमिका छ। केही दिन अगाडि फिल्म भारतको नयाँ गीत जिंदा रिलीज गरिएको थियो।

उक्त गीत सार्वजनिक गर्ने कार्यक्रममा सलमान र कैटरिना पुगेका थिए। यस क्रममा सलमानले कैटरिनालाई यस्तो गरे, जसको चर्चा अहिले पनि जारी छ।

उक्त कार्यक्रममा यस्तो दृष्य देख्न पाइयो जसको फ्यानले कल्पनासम्म पनि गरेका थिएनन्। कार्यक्रममा कैटरिना साडी लगाएर आएकी थिइन्, कैटरिनाको साडी केही बिग्रिएको थियो। साडी बिग्रिएको देखेपछि सलमान खानले निहुरिएर साडी मिलाउन थाले।

साडी बनाउँदै गरेको सलमान खान र कैटरिनाको तस्वीर यतिबेला भाइरल भइरहेको छ। उक्त तस्वीर देखेपछि मानिसहरुले भिन्दा भिन्दै अनुमान लगाएका छन्।

कैटरिना सलमानकी पूर्व गर्लफ्रेण्ड हुन्। ब्रेकअपपछि सलमानले कैटरिनाको केयर गरेको देखेपछि उनका फ्यान उत्साहित भएका छन्। फिल्म भारत लाई अली अब्बास जफरले निर्देशन गरेका हुन्। भारतमा दशकसम्म एक मानिसको यात्रालाई देखाइएको छ। यही कारण फिल्ममा सलमान खानलाई ६ वटा फरक फरक भूमिकामा देखाइएको छ। यो फिल्म इदमा रिलीज हुने तयारीमा छ।

चर्चामा

सम्बन्धित समाचार