शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • जुगाडा स्वास्थ्य चौकीको एम्बुलेन्स नै थला परेपछी

जुगाडा स्वास्थ्य चौकीको एम्बुलेन्स नै थला परेपछी

  • आइतवार, जेष्ठ ५, २०७६
जुगाडा स्वास्थ्य चौकीको एम्बुलेन्स नै थला परेपछी

पदमबहादुर सिंह
बाजुरा ५ जेठ
बडिमालिका नगरपालिका २ जुगाडा स्वास्थ्य चौकीका नाममा रहेको बिरामी बोक्ने एम्बुलेन्स ब्यबस्थापन नहुदा ३ बर्ष देखी थला परेको छ । भारतीय राजदुताबासले जुगाडा स्वास्थ्य चौकीलाई भारतीय गणतन्त्र दिवसको अवसर पारी सहयोग गरेको एम्बुलेन्स लामै समयसम्म थला परेको छ । जुगाडा स्वास्थ्य चौकीमा पुगेको तिन बर्ष भयो तर आठ देखी दश पटक मात्र बिरामी बोकेर हाल जिल्ला कारागरमै थन्किएको बडीमालिका नगरपालिका वडा न २ का वडाअध्यक्ष डम्मर महतले बताएका छन ।
बडिमालिका नगरपालिका वडा २ का वडा अध्यक्ष तथा जुगाडा स्वास्थ्य चौकीका अध्यक्ष डम्मर महत्तले एम्बुलेन्स संचालन समिति छुट्टै रहेको बताए । स्वास्थ्य चौकीलाई एम्बुलेन्स संचालन बारे आफूलाई केही जानकारी नभएको बताए । गोपाल कार्कीको अध्यक्षतामा एमबुलेन्स संचालन समिति रहेको र अघिल्लो वर्ष बडिमालिका नगरपालिकाले २ लाख र यो आर्थिक वर्ष पनि २ लाख छुट्याएको अध्यक्ष महतले बताए । तर नगरपालिकाले एम्बुलेन्स संचालनका लागी दिएको बजेट कहाँ खर्च भयो आफु बेखवर भएको वडाअध्यक्ष महतले बताएका छन् ।
बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले एमबुलेन्स थन्कीएको सुईकार गरेका छन् । एमबुलेन्स संचालन समितिलाई के कारणले थन्काईएको हो बुझेर संचालनमा ल्याउने बताए । एम्बुलेन्स जुगाडा स्वास्थ्य चौकीका नाममा छ । स्वास्थ्य चौकी बडिमालिका नगरपालिकाकै वडामा रहेकोले स्वास्थ्य चौकीलाई चलाउन भन्छु स्वास्थ्य चौकीले संचालन गर्न नसके नगरपालिकाले संचालनमा ल्याउने नगर प्रमुख बडुवालले बताए । एम्बुलेन्स संचालनका लागी दुई बर्षमा ४ लाख बजेट नगरपालिकाले दिएको भए पनी आफ्नो बजेटका बारेमा थाहा नभएको नगरप्रमुखले बताए ।
एमबुलेन्स संचालन समितिका अध्यक्ष गोपाल कार्कीले ड्राईभर नभएका कारण एमबुलेन्स थन्कीएको बताए । बिरामी कम आउनु इमेर्जन्सी अक्सीजन दिनु पर्ने खालका विरामी मात्र आउने र आएका विरामीहरु पनि पैशा नदिने हुदा संचालनमा समस्या भएको बताए । विरामीहरु पैशा दिनुका सट्टा राजनैतिक पावर लगाएर आउछन् । एमबुलेन्स संचालनको स्रोत विरामी ओसार पसार नै हो पैशा नै नदिने भएकोले ड्रराईभर नटिक्नेर धेरै फेरिसकीएको कार्कीले बताए । एम्बुलेन्स संचालनका लागी दिएको बजेट भने आफुले हिनबिना नगरेको कार्कीले बताएका छन् । एम्बुलेन्स दुर्घटना हुँदा मर्मतमा खर्च गरेको कार्कीले बताएका छन् । विलबुक रिनो गरेर नगरपालिकालाई हस्तान्त्रण गर्ने प्रक्रियामा रहेको अध्यक्ष कार्कीले बताए ।

चर्चामा

सम्बन्धित समाचार