शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • प्रति केजि १० लाख पर्ने केशर खेती गर्ने कि ? केशर खेतीबारे सम्पुर्ण जानकारी

प्रति केजि १० लाख पर्ने केशर खेती गर्ने कि ? केशर खेतीबारे सम्पुर्ण जानकारी

  • शनिबार, जेष्ठ ४, २०७६
प्रति केजि १० लाख पर्ने केशर खेती गर्ने कि ? केशर खेतीबारे सम्पुर्ण जानकारी

द्गम स्थल दक्षिण यूरोपमा रहेको केशरको माग दिन प्रतिदिन बढ्दो छ । यसलाई विश्वकै महँगो र दूर्लव कृषि उपजको रुपमा लिईन्छ । प्रति के.जि १० लाखमा बिक्रि हुने केशर नेपालमा भने पर्याप्त मात्रामा उत्पादन भएको पाईदैन । नेपालको पछिल्लो तथ्याङ्क हेर्ने हो भने ७ देखि १० केजि सम्म केशर उत्पादन भएको पाईन्छ ।

हाल केशरको खेती गर्दै आएका देशहरुः स्पेन, फ्रान्स, इटाली, ग्रीस, टर्की, भारत, चीन, जापान ।

केशरको उपयोगिता

नसा बलियो पार्ने, दुखाई कम गर्ने, अपचमा उपयोगी, झाडा पखालामा उपयोगी, कलेजो सम्बन्धि रोगमा उपयोगी, मुटुको रोगमा उपयोगी, पिसाव खुलाउने, महिनावारी नियमित गर्ने, प्रसवपछि पाठेघर सफा गर्ने, अनुहार सफा बनाउने ।

केशरमा पाइने प्रमुख रासायनिक तत्व

क्रोएसिन, लाइकोजिन, सेफ्रानिन, पोलिक्रोआइट, पिक्रोक्रोसिन

केशर खेतीको लागि उपयुक्त हावापानी

नरम हावापानी (धेरै गर्मी र धेरै जाडो नहुने हावापानी)

थोरै मात्रामा हिउँ पर्नेतुषारो पर्ने ठाउँ

१५०० देखि २५०० मिटर सम्म

वार्षिक सरदर २०० सेन्टिग्रेडभन्दा माथि हुँदैन

वार्षिक सरदर ३५० सेन्टिग्रेडमा मर्छ ।

केशर खेतीको लागि उपयुक्त माटो

पानी नजम्ने, बलौटे, दोमट, अलि अलि क्षारयुक्त

केशर खेतीगर्ने तरीका

परम्परागतः नखनेर जमिनमा नै राखीरहने ।

आधुनिकः पात पँहेलिन थालेपछि गाना झिक्ने, गाना भण्डार गर्ने र फेरी लगाउने ।

लगाउने समयः असोज

जग्गा तयारी

१ देखि १.५ फिट गहिरो गरी जग्गा खन्ने

एक रोपनीमा ४० डोको गोठेमल राख्ने

३ फिट चौडा भएको व्याड तयार गर्ने

व्याडको लम्बाई ठाउँ हेरी बनाउने

व्याडको उचाई ६ इन्च जति बनाउने

एक रोपनीमा नाइट्रोजन, फास्फोरस र पोटास ५ के.जि. राख्ने

किराको प्रकोप भएमा मालाथिन पाउडर छर्ने ।

तयारी

गाना ग्रेडिङ गर्ने

गानामा अनावश्यक टुसाहरु आउने दिने

ठूला टुसाहरु राखी अरु टुसा फाली दिने

तखतामा फुलाउने साइज हेरी २०–३० ग्रामको गानामा दुईवटा राख्ने ।

व्याडमा फुलाउने

व्याडमा फुलाउनः २ इन्च जति लामा टुसा भएमा गाना जमिनमा लगाउने ।

लगाउने तरीका

गानालाई एक घण्टासम्म वेमिस्टिनको झोलमा डुबाउने

लहर देखि लहरको दुरी १५ से.मि. (६ इन्च)

गाना देखि गानाको दुरी १० से.मि. (४ इन्च)

गहिराई १० से.मि. (४ इन्च)

लगाइसकेपछि परालले छोपिदिने

फुल टिप्ने

वाली संकलनः १५ दिनपछि फुल फुल्छ

विहान शित ओभाएपछि फुल टिप्ने

सुकाउने विधि

पानीको मात्रा हटाउनको लागि शिशाको बाकस भित्र सुकाउने

कसरी सुकाउने

मैन कागजमा फुल राख्ने

शिशाको कभर भएको काठको बाकस भित्र फुल राखेको मैन कागज राख्ने

२–३ घण्टासम्म यसरी सुकाउने

उत्पादन

एउटा फुलमा १०–१५ मि.ग्रा. केशर प्राप्त हुन्छ ।

एक लाख देखि १.५ लाख फुलबाट एक कि.ग्रा. केशर प्राप्त हुन्छ

१ के.जि. केसर उत्पादन गर्न २५ देखि ३० ग्राम तौल भएका ७५० देखि ८०० गाना आवश्यक पर्छ ।

गाना निकाल्ने र भण्डार गर्ने

७५५ पात पँहेलो भएपछि

कोदालोले निकाल्ने

चोट नलाग्ने गरी

गाना निकाले र २–४ दिन घाम छायाँमा राखी माटो झार्ने

पातको सहाराले बाँध्ने र झुण्ड्याउने

चोट लागेका र रोग लागेको छुट्याउने

गाना भण्डार गर्ने ठाउँ

चिस्यान नभएको, हावादार, मुसाले नेभेट्ने

गाना बृद्धि

१.५ देखि २ गुणासम्म

रोग

गानाको केही भाग खैरो हुने र टुसा पनि खैरो हुने

उपचार

पानी जम्न नदिने

चोटपटक लागेकालाई हटाउने

रोग लागेकालाई हटाउने

काँचा गाना नखन्ने

गाना लगाउँदा उपचार गर्ने

तखतामा फुलाउने

गानाहरु तखतामा मिलाएर राख्ने

असोजतिर फुलहरु लाग्दछन्

केसर टिप्ने

केसर टिपिसकेपछि गानाहरु फिल्डमा लगाउने

चैत्र बैशाखमा गान खनी उचित भण्डार गर्ने ।

नेपालमा केशर खेतीको इतिहास

२०१९ सालमा टिष्टुङमा खेती परिक्षण गरिएको

२०४० सालमा तत्कालिन महाराजाधिराज सरकारबाट जुम्लामा केशर खेती गर्न निर्देशन भएको

२०४४ सालमा जुम्लामा केशरको परिक्षण खेती प्रारम्भ

२०४६ सालमा डोल्पामा पनि परिक्षण खेती प्रारम्भ

२०४६ र २०४७ सालमा ललितपुरको गोदाबारीमा परिक्षण खेती गरिएको ।

यो पनि : दुर्लभ र महँगो जडीबुटी मानिने केशर (स्याफरोन) को जुम्लामा व्यावसायिक खेती सुरु गरिएको छ । चन्दननाथ नगरपालिका–८ स्थित फाँटमा जिएसएम केशर खेती तथा उत्पादन उद्योगले दुई वर्षदेखि केशर खेतीको व्यावसायिक उत्पादन सुरु गरेको हो ।

काठमाडौँमा पर्यटन व्यवसायमा लामो अनुभव बटुलेका रुकुमका सरद मल्ल र जुम्लाका व्यवसायी गोविन्दबहादुर शाहीले संयुक्त रूपमा केशरखेती सुरु गरेका हुन् । करिब छ रोपनी क्षेत्रफलमा रु ६१ लाख ५६ हजार ११४ को लागतमा रहेको यो खेतीका लागि उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले ८० प्रतिशत अनुदान रकम दिएको छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

कामशक्ति बढाउने केसरले सञ्जीवनी बुटीको काम गर्छ, गर्नुहोस् यसरी प्रयोग

केसर एक बनस्पति हो । यसको फूल सुन्दर त छ नै, यो फूलमा सञ्जीवनी बूटीमा पाईने गूण विद्यमान छ । असल केसर पानीमा पूरै घुल्छ । भिजेको कपडामा रगड्दा पनि पहेलो रंग निस्कन्छ । तातो पनीमा लगाउँदा गाढा पहेँलो रंग निस्कन्छ ।

आयुर्वेदकाअनुसार केसरले मानिसको कामशक्ति बढाउँछ । यसले मुत्राशय, कलेजो, मष्तिष्क र आँखाको समस्या पनि हटाउँछ । साथै यसको सेवनले गर्भाशयको पीडा कम गराउँछ । ल्यूकोरिया तथा हिस्टेरिया जस्ता समस्या भोगिरहेका मानिसहरुलाई पनि फाइदा गर्छ । भर्खर जन्मेको बच्चालाई दुधमा मिलाएर केसर खुवाउनाले बच्चा सुन्दर र हृष्टपुष्ट हुन्छ । अनियमित महिनावारी पनि हटाउँछ ।

पुरुषको वीर्य शक्ति बढाउनको लागि मह, बदाम र केसर मिलाएर सेवन गर्नाले फाइदा गर्छ । पेट सम्वन्धि विभिन्न समस्याहरु अपच, जलन, वायु विकार, आदि भएमा केसरले फाइदा गर्छ । शरीरको कुनै भागमा चोट लागेमा या शरीरमा कुनै विषालु झुस पसेमा केसरको लेप लगाउनाले फाइदा मिल्छ । नाकबाट रगत बग्ने समस्या भएमा चन्दनलाई केसरको साथमा पिसेर निधारमा लेप लगाउनाले आँखा र मष्तिष्कमा शीतलता महशुस हुन्छ, नाकबाट रगत बगत छोड्छ । टाउको दुखेको पनि हटेर जान्छ ।

१–२ टुक्रा केसर, २–४ थोपा दूधलाई राम्ररी घोट्ने । यसमा एक चम्चा दुध मिलाएर बिहान बेलुका बच्चालाई पिलाउँदा फाइदा हुन्छ । केसर जाइफल वा ल्वाङ्गको लेप बनाएर बच्चाको टाउको, नाक छाती वा पीठमा लगाईदिँदा सन्चो हुन्छ । साथै राती बच्चा राम्ररी सुत्न सक्छ । केसर महिलाको लागि अति लाभदायक छ । विषेश गरी महिलाको महिनावारीको बेला दुख्ने समस्या, गर्भाशयको सुजन जस्ता समस्या देखिएमा केसरको सेवन गर्दा फाइदा हुन्छ ।

बच्चालाई बार–बार पखाला लागेमा केसरको १–२ पंखा भाँडामा राखेर त्यसमा २–३ थोपा पानी राखेर घोट्नुहोस् । यसमा पानीको साथ जाइफल आपको गुठली, सूठो बराबर मिलाएर पिस्नुहोस् र यसमा केसर मिलाएर हरेक बिहान बेलुका एक चम्चा बच्चालाई पिलाउनुहोस् । थोरै मुलहठीको दुधमा एक चिम्टी केसर लगाएर घोेट्नुहोस् । यसलाई पेष्ट बनाएर राती सुत्ने बेला टाउकोमा लगाउनुहोसे । तपाईको तालु खुइलिएको समस्या हटेर जान्छ ।

चर्चामा

सम्बन्धित समाचार