बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • हिमाली
  • भीरबाट लडेर एक बृद्धको मृत्यु

भीरबाट लडेर एक बृद्धको मृत्यु

  • बुधबार, जेष्ठ १, २०७६
भीरबाट लडेर एक बृद्धको मृत्यु

बाजुरा १जेठ
बाजुराको हिमाली गाउँपालिका–३ युनामा भिरबाट लडेर एक बृद्धको मृत्यू भएको छ । बुधबार दिउँसो १२ बजे गाईगोरु चराउन गएका बेलामा एक वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही गाउँपालिका–३ युनाका ७५ वर्षीय वृद्ध पञ्चवीर रोकाया रहेको स्थानीय कल्सरी सुनारले बताएकी छन् ।
उनले दिएको जानकारी अनुसार गाउँ नजिकै रहेको घट्टेमेला भन्ने ठाउँमा गाईगोरु चराउदै गरेका बेला गोरु लडेपछि उक्त गोरुलाई रोक्न जाँदा लडेर मृत्यु भएको बताएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार