बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडा अध्यक्षले गरे महिनाकाे सुरुवातमै नयाँ कामकाे थालनी

वडा अध्यक्षले गरे महिनाकाे सुरुवातमै नयाँ कामकाे थालनी

  • बुधबार, जेष्ठ १, २०७६
वडा अध्यक्षले गरे महिनाकाे सुरुवातमै  नयाँ कामकाे थालनी

बडीमालिका समाचार
बाजुरा १ जेठ
बडिमालिका नगरपालिका वडा ७ को योजनामा सेवा प्रबाह तथा योजनाका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ । वडाले दिने सेवाका प्रभाहका बारेमा समीक्षा गरिएको हो । समिक्षा कार्यक्रममा योजना र सेवामा कुनै गुनासो नरहेको र केही काम बाँकि योजना तत्काल सम्पन्न गर्न उपभोक्तालाई निर्देशन गरेको वडाअध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । आगामि बजेट जनमुखि योजनाको प्रकिति र आवश्यता अनुसार वडाले गर्ने र नगरलाई वडाको क्षेत्रफल, भुगलका अधारमा वडाको आवश्यता अनुसार न्यायोचित बजेट माग गर्ने निर्णय गरेको अध्यक्ष पाध्यायले बताए । सो कार्यक्रममा भुगोल जनसंख्या भन्दा पनी जनताको जन चहाना र आबकस्यकता अनुसार नगरपालिकाले बजेट बिनियोजन गर्नुपर्ने कार्यक्रममा उपस्थित नेताहरुले सुझाव दिएका छन् । अघिल्लो बजेट बिनियोजन गर्दा नगरपालिकले हेपाहा प्रबसती देखाएकोले यस बर्षको बजेटमा त्यस्तो नगर्न नेताहरुले आग्रह गरेका छन् । अघिल्लो आर्थिक बर्षमा वडालाइ सौतेनी ब्यबाहार देखाए पनी यस बर्ष त्यस्तो गरेमा कडाईका साथ आन्दोलन गर्ने नेपाली काग्रेस र नेकपाका नेताहरुले बताएको वडा कार्यालयले बताएको छ । समिक्षा कार्यक्रममा नेकपाका नेता नन्दराज पण्डित, लक्षि विक, नेपाली काग्रेसका नेता वीर बहादुर विक , वडा सदस्य धनलाल पाध्याय, कला थापा ८ ओटै टोल विकास संस्थाका संयोजगको सहभागिता रहेको थियो । समिक्षा कार्यक्रममा योजना र सेवामा कुनै गुनासो नरहेको सहभागीले बताएका थिय भने बाँकि केही याेजनाहरु जेठ महिनामा सक्नपर्ने निर्देशन बैठकले दियकाे अध्यक्ष पाध्यायले बताए । साथै सम्पुण याेजना जनसमिक्षा र सार्वजनिक सुनुवाइ वडा बासि सबै सेवाग्राही, उपभोक्ता र सर्वपक्षीय बाेलायर गरिने वडा अध्यक्ष पाध्यायले बताएका छन्  ।कार्यक्रम वडा कार्यलय चुथीमा गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार