• होमपेज
  • राजनीति
  • प्रेस युनियन बाजुराद्वारा विधेयक फिर्ता गर्न ज्ञापन पत्र बुझायो

प्रेस युनियन बाजुराद्वारा विधेयक फिर्ता गर्न ज्ञापन पत्र बुझायो

  • मङ्लबार, बैशाख ३१, २०७६
प्रेस युनियन बाजुराद्वारा विधेयक फिर्ता गर्न ज्ञापन पत्र बुझायो

बडीमालिका समाचार
बाजुरा ३१ बैशाख
नेपाल प्रेस युनियनले ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत प्रतिनीधि सभाका सभामुखलाई ज्ञापन पत्र बुझाउने निर्णअनुसार प्रेश युनियन जिल्ला शाखा बाजुराले पनी जिल्ला प्रशाशन कार्यालय बाजुरा मार्फत ज्ञापन पत्र बुझाएको छ । नेपाल प्रेस युनियनले कतिपय विधेयकहरु पत्रकारलाई बाँध्नेगरी आएको भन्दै त्यसलाई फिर्ता गर्न माग गर्दै प्रतिनीधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई प्रेश यूनियन जिल्ला शाखा बाजुराले ज्ञापन पत्र बुझाएको हो । नेपाल प्रेश यूनियन जिल्ला शाखा बाजुराका अध्यक्ष प्रेम रौलेले प्रमुख जिल्ला अधिकारी मार्फत सभामुखलाई ज्ञापन पत्र बुझाएको प्रेश यूनियन बाजुरा शाखाका सचिव प्रशान्त जोशीले बताएका छन् ।
आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई पच्चीस हजार रुपैयाँ देखी दश लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यबस्था छ । युनियनले यसले साना लगानीका मिडियालाई निरुत्साहित गर्ने ठहर गरेको भन्दै ज्ञापन पत्र बुझाएको बताएको छ ।
लोकतन्त्रलाई मिसन बनाएर लडेका साना लगानीका मिडियादेखि व्यवसायिक पत्रकारीता गरिरहेका सबैको लागि जरिवानाको यो व्यवस्थाले बहुसंख्यक पत्रकार पेशाबाट विस्थापित हुने र पत्रकारीता पनि भजनमण्डलीमा रुपान्तरित हुने खतरा देखिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपाल प्रेस युनियन रुपन्देही मंगलबार ईलाका प्रशासन कार्यालय रुपन्देही मार्फत पठाएको ज्ञापन पत्रमा सरकारले ल्याउने तयारी गरेको आमसञ्चार विधेयकका नाममा श्रमजिवी पत्रकारहरुको हकहितका लागि ल्याइएको श्रमजिवी पत्रकार ऐनलाई खारेज गरि श्रम ऐन मार्फत पत्रकारलाई नियमन गर्न खोजेकोमा युनियनको असहमती रहेको उल्लेख गरिएको छ ।
मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक, संसदमा बिचाराधिन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सुचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक सहित पाइपलाइनमा रहेका अन्य विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ती सम्वन्धि व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने, पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको भक्ति गानमा पत्रकारितालाई लैजाने नियत देखिएकाले त्यसलाई फिर्ता गर्न युनियनले माग गरेको हो ।
युनियनले अंगाडी सारेका मागलाई नजरअन्दाज गरिए लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेकाहरुलाई एकाकार गरि थप आन्दोलित हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझदै जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारीले प्रेश यूनियन जिल्ला शाखाले बुझाएको ज्ञापन पत्र हुवहु पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार