शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बर्षा सिवाकोटीले राउतलाई लेखिन्–‘खै कसले भनेछ हामी दुश्मन अरे’

बर्षा सिवाकोटीले राउतलाई लेखिन्–‘खै कसले भनेछ हामी दुश्मन अरे’

  • सोमवार, बैशाख ३०, २०७६
बर्षा सिवाकोटीले राउतलाई लेखिन्–‘खै कसले भनेछ हामी दुश्मन अरे’

नायिका बर्षा राउतलाई सम्बोधन गर्दै नायिका बर्षा सिवाकोटीले लेखेको एउटा स्टाटस अहिले चर्चामा छ । दुबै नायिकाको चलचित्र रिलिज हुन केही दिन मात्र बाँकी रहेको समयमा नायिका सिवाकोटीले राउतको नाममा स्टाटस लेखिन् । उनले लेखिन्–‘खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्विकार गर्न सकेनौ अरे । हामी प्रतिस्पर्धी पक्कै हौला, एकै क्षेत्रमा काम गरिरहेका छौ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुतेपछि खुट्टम लाग्नु स्वभाविक नै हो नी होइन र ?’

बर्षाले आफूहरु दुबैले कलाकारिता गरिरहेको भन्दै दुबै जनाको भोगाई एउटै भएको समेत उल्लेख गरेकी छिन् । बर्षाले एकैदिनमा आफूहरुको भिडन्त नभई हलमा एकसाथ आउन लागेको समेत लेखेकी छिन् । बर्षा सिवाकोटीको स्टाटसमा नायिका बर्षा राउतको जवाफ समेत आएको छ । बर्षा राउत लेख्छिन्–‘त्यही त है, हामीलाई थाहा नै नपाई एक अर्काको दुश्नको बिल्ला भिराएछन् । फूलको आखामा फूलै संसार । मेरो केही भन्नु नै छैन ।’

बर्षाले हामी कलाकार आज एउटा भोली अर्कोसँग काम गर्न पर्ने हुन्छ भन्दै चलचित्र जुध्ने कुरामा आफूहरुको कुनै पनि हात नहुने खुलाएकी छिन् । उनले नायिका सिवाकोटीलाई चलचित्र ‘विर विक्रम २’का लागि शुभकामना समेत दिएकी छिन् ।

चलचित्र बजारमा दुई नायिकाको दुश्मनी रहेको चर्चा चलेसँगै बर्षा सिवाकोटीले सकारात्मक कदमको पाइला अगाडि बढाएकी छिन् । जसमा बर्षाले पनि सुखद प्रतिक्रिया दिएकी छिन् । आशा गरौ, दुई नायिकाको यो सम्बन्ध फेसबुकमा मात्र होइन व्यवहारिक रुपमा पनि बलियो हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार