• होमपेज
  • खेलकुद
  • चेन्नई फाइनलमा पुग्नु श्रेय यिनलाई दिए धोनीले

चेन्नई फाइनलमा पुग्नु श्रेय यिनलाई दिए धोनीले

  • आइतवार, बैशाख २९, २०७६
चेन्नई फाइनलमा पुग्नु श्रेय यिनलाई दिए धोनीले

महेन्द्र सिंह धोनी आईपिएलको इतिहासमा सर्वाधिक सफल कप्तानको चर्चा हुँदा उनको नाम पहिलो नम्बरमा आउनेछ। लिगको १२ औं संस्करणमा उनको टोली चेन्नई सुपर किङ्स फाइनलमा पुगेको छ।

चेन्नई आईपिएलको फाइनलमा पुगेको यो आठौं पटक हो। शुक्रबार दिल्लीलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको चेन्नईले उपाधिका लागि आइतबार मुम्बई ईण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ।

धोनीले दिल्ली विरूद्धको जितको श्रेय आफ्ना बलरहरूलाई दिएका छन्। हिजोको खेलमा दिल्लीलाई चेन्नईले ९ विकेट झार्दै २० ओभरमा १४७ रन भन्दा पर जान दिएनन्। चेन्नईले १४८ रनको लक्ष्यलाई मात्र ४ विकेटको क्षतिमा प्राप्त गरेको थियो।

‘यस जितका महत्वपूर्ण हिस्सा भनेको लगातार विकेट लिन सक्नु हो। यसको श्रेय बलरहरूलाई जानुपर्छ। एउटा कप्तानले मलाई यो चाहियो मात्र भन्नसक्छ तर कसरी बलिङ् गर्ने भन्ने कुरा बलरहरूमा निर्भर पर्छ। यसका लागि धेरै मेहेनत पर्छ। यो सिजनमा हामी यहाँसम्म आएका छौं, यसका लागि बलर विभागलाई धन्यवाद’, धोनीले भने।

चर्चामा

सम्बन्धित समाचार