• होमपेज
  • बडिमालिका
  • एचआरसीकाे समिक्षा गाेष्टी सम्पन्न

एचआरसीकाे समिक्षा गाेष्टी सम्पन्न

  • शुक्रबार, बैशाख २७, २०७६
एचआरसीकाे  समिक्षा गाेष्टी सम्पन्न

बडीमालिका खवर
बाजुरा २७ बैशाख
(मानव संसाधन केन्द्र बाजुराद्धारा संचालित बिज्र परियोजनाको जिल्ला स्तरीय समिक्षा कार्यक्रम सम्पन्न भएको छ । ब्रिज परियोजनाले अहिले बाजुरा र कञ्चनपुरमा विभिन्न व्यवसायिक कार्यक्रम संचालन गर्दै आएको छ । बिशेष गरी बाजुरा जिल्लाका हलियाहरुलाई लक्षित कार्यक्रम आइएलओ को सहयोगमा सञ्चालन हुँदै आएको छ ।
एचआरसी बाजुराका प्रवन्धक अग्निराज शाहीका अनुसार सुदूरश्चिम प्रदेशका २ जिल्लामा सञ्चालित यो कार्यक्रमले अहिले सम्म जम्मा ८ ओटा व्यवसायिक तालिमहरु सञ्चालन गरेको छ । जसमा हलियाहरुलाई व्यवासायिक बनाउनका लागि जिल्लाका सबै नगरपालिकामा बाख्रापालन, बेमौसमी तरकारी खेती, कुखुरा पालन, मौरीपालन, उद्यमशिलता विकास तालिम, लगायतका थुपै विभिन्न किसिमका तालिम संचालन गरेको परियोजना संयोजक सुरेन्द्र ओडले कार्यक्रम मार्फत जानकारी गराउनुभएको छ ।
उहाँले प्रत्येक नगरपालिकाका गरिब, असाहाय, पिछडिएका हलिया परिवारलाई लक्षित गरी तालिम प्रदान गरेको बताउनुभयो । त्यस्तै तालिम प्रदान गरिसकेपछी बाख्रापालन व्यवसाय संचालन गर्नका जिल्लाको जगन्नाथ गाँउपालिकामा खोर निर्माण गर्न आवश्यक सामाग्री प्रदान गरेको र मौरीपालन व्यसाय संचालन गर्नका पनि बुढीनन्दा नगरपालिका वडा नं ६ लाटुबस्तीमा २० ओटा मौरी सहितका घार प्रदान गरेको पनि समिक्षा कार्यक्रममा जानकारी गराइएको छ ।
मौसमी र बेमौसमी तरकारी खेतीका गरी व्यवसायिक बन्न पाइप, फाउडो, कोदालो, हजारी थोपा सिचाई लगायतका आवश्यक सामाग्री परियोजनाले प्रदान गरेको पनि बताइएको छ । परियोजनाले गरेका कामको जानकारीका साथै स्वागत मन्तव्य राख्दै प्रवन्धक शाहीले परियोजनामा भएको रकम रु ७४ लाख ७५ हजार पाँचसय बजेट कुल बजेट मध्ये हालसम्म ७१ लाख ५ सय रुपैँया खर्च विभिन्न विषयमा खर्च भएको बताउनुभयो । संस्थाका कोषाअध्यक्ष शुशीला थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अथिति बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मी रहनुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार