• होमपेज
  • देश
  • ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यू २ जना घाईते

ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यू २ जना घाईते

  • शुक्रबार, बैशाख २७, २०७६
ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यू २ जना घाईते

बडीमालिका समाचार
कोल्टी २७ बैशाख
मार्तडीबाट कोल्टै जादै गरेको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ भने २ जना घाईते भएका छन् ।
मार्तडी बाट कोल्टि आउदै गरेको लु ४ त ७८१ नं को ट्याक्टर बुढिनन्दा नगरपालिका ५ दानसागुमा दुर्घटना भएको हो । दुर्घटनामा परि एक जनाले ज्यान गुमाएका छन भने २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ। दिउसो सोढे २ बजे कोल्टी स्थित दानसाघुमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिह भाटले बताएका छन् । चालक सहित दुई जना घाइते एक जना को मृत्यू हुनेमा बुढिनन्दा नगरपालिका ७ बस्ने २१ वर्षिय डपेन्द्र खड्का रहेका छन । खड्काको उपचारको क्रममा कोल्टी स्थित प्रथामिक स्वास्थ्थ केन्द्रमा निधन भएको बताएको छ । घाइते हुनेमा चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १० का १९ वर्षका खगेन्द्र चौधरी र स्वामीकार्तिक खापर गाउपालिका ३ जुकोटका प्रकाश शाहि रहेका छन । दुइजना घाइतेको कोल्टि स्वास्थ्य संथामा उपचार भैरहेको प्रहरीले् बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार