शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • एक सातादेखि पहिरोले अवरुद्ध बाजुराको मार्तडी-कोल्टी सडकखण्ड खुलाउन कठिन

एक सातादेखि पहिरोले अवरुद्ध बाजुराको मार्तडी-कोल्टी सडकखण्ड खुलाउन कठिन

  • आइतवार, असार २३, २०८१
एक सातादेखि पहिरोले अवरुद्ध बाजुराको मार्तडी-कोल्टी सडकखण्ड खुलाउन कठिन

बाजुरा —बाजुराको पुर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडकखण्ड एक सातादेखि अवरुद्ध अवस्थामा छ । असार १७ गते राति अबिरल बर्षासँगै बडिमालिका नगरपालिका ७ जिल्लीको पहिरोका कारण सडकखण्ड अवरुद्ध भएपछि एक सातादेखि यातायात सेवा ठप्प भएको छ ।

पहिरो बग्ने क्रम नरोकिएपछि स्थानीयलाई आवतजावतमा समेत सास्ती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्लीको पहिरोका कारण  एक सातादेखि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालबहाक सवारी साधन ठप्प भएका छन् । सडक अवरुद्ध भएपछि लगातारको अबिरल बर्षाका कारण पहिरो झन बग्न थालेकाले सडक खुलाउन कठिन हुदै गएकाे जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अवरुद्ध सडक सञ्चालनका लागि पहिरो पन्छ्याएर यातायात सेवा सुचारु गर्न प्रहरीको टोलि तथा प्राविधिकलाई समेत खटाएको भएपनि लगातारको अबिरल बर्षाका कारण सडक खुलाउन समस्या भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको गौरवको सडकमा रुपमा रहेको मार्तडी-कोल्टी सडक हरेक बर्ष वर्षायाम सुरु हुने बित्तिकै अवरुद्ध हुदैं आएको छ ।

मार्तडी-कोल्टी सडकखण्डमा पर्ने खोलामा पुल नहुँदा जहिल्यैको बर्षायममा अवरुद्व हुने गरेको छ । सडकखण्डमा पर्ने बाउली, अनाई, दानसाघुँ लगायतका खोलाहरुमा पुल नहुँदा हरेक बर्षको बर्षायममा त्यस क्षेत्रका नागरिकहरुले यातायात सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता रहदै आएको स्थानीयको गुनासो छ । जिल्लीको पहिरोले वरिपरीका बस्तीसहित विद्यालय समेत उच्च जोखिममा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार