बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बुढीगंगा
  • जनप्रतिनिधि चढ्ने गाडि सरर….बिरामी चढ्ने गाडि अलपत्र

जनप्रतिनिधि चढ्ने गाडि सरर….बिरामी चढ्ने गाडि अलपत्र

  • सोमवार, बैशाख २३, २०७६
जनप्रतिनिधि चढ्ने गाडि सरर….बिरामी चढ्ने गाडि अलपत्र

मदन विक
बैशाख, २३ बाजुरा
बुढिगंगा नगरपालिकामा सञ्चालित दुईवटा एम्बुलेन्स बिग्रेर अलपत्र अबस्था रहेका छन् । बिरामी चढ्ने एम्बुलेन्स अलपत्र अबस्थामा छन्, भने जनप्रतिनिधि, कर्मचारी चढ्ने गाडि भने सड्कमा दौडीरहेको छ । बिरामी चढने गाडिको कसैलाई मतलब छैन्, जनप्रतिनिधि चढने गाडि भने सामान्य बिग्रेपनि चाडै बनाएर सञ्चालनमा ल्याउने गरेको स्थानियले वताएका छन् ।
रेडक्रस बाह्रबिस उपशाखा र टाँटे स्वास्थ्य चौकीले सञ्चालन गरेको एम्बुलेन्श बिग्रेर महिनौ भइसक्दा पनि मर्मतमा कसैले वास्ता नगर्दा एम्बुलेन्श अलपत्र रहेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । बाह्रबिस रेडक्रस शाखाले सञ्चालन गरेको एम्बुलेन्श भारत सरकारको सहयोग भने टाँटे स्वास्थ्य चौकी एम्बुलेन्श संबिधान सभाका सदस्य डबल शाहको सासंद विकास कोषको रकम बाट खरिद गरेको हो । बाह्रबिस शाखाले चलाएको एम्बुलेन्श त बिग्रेर थन्कीएको दुई महिना भन्दा बढि भइसकेको छ ।
एम्बुलेन्श सञ्चालन नआउदा बिरामीलाई अन्य गाडिमा लिनु पर्ने रहेको छ । पटक पटक ब्यबस्थापन पक्षको कमजोरीका कारणले एम्बुलेन्श अलपत्र बन्दै गएको स्थानियले आरोप लगाएका छन् । बाह्रबिस रेडक्रस शाखाले सञ्चालन गरेको एम्बुलेशन्स पटक पटक बिवादमा तानिने गरेको छ । गएको बर्ष मात्र नगरपालिकाले बाह्रबिस उपशाखाले सञ्चालन गरेको एम्बुलेन्शका लागि १ लाख दिएको थियो, एकलाखले मर्मत गरेर केही महिना सञ्चालनमा गरेको हो, त्यसपछि फेरी बिग्रेको छ ब्यबस्थापन पक्षको कमजोरीले अलपत्र रहेको वडा नम्बर १० का अध्यक्ष धर्मराज जैशीले वताएका छन् ।
टाँटे स्वास्थ्य चौकीले सञ्चालन गरेको एम्बुलेन्शलाई नगरपालिकाले गएको बर्ष ५ लाख मर्मतका लागि दिएको थियो । त्यो पैशाले मर्मत गरेको हो फेरी बिग्रेको स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । एम्बुलेन्श ब्यबस्थापनमा अलि समस्या आएको उनले वताएका छन् । बाह्रबिस उपशाखा अध्यक्ष प्रेम थापाले आर्थिक अभाबले एम्बुलेन्श मर्मत नभएको वताए । रेडक्रस बाह्रबिस उपशाखाले अहिले सम्म आर्थिक हिसाब किताब नभएको उनको स्थानियको आरोप रहेको छ । नगरप्रमुख दिपक बिक्रम शाहले भने नगरपालिकाले एम्बुलेन्श मर्मतका लागि गएको बर्ष बजेट दिएर सञ्चालनमा ल्याएको हो, त्यसपछि ब्यबस्थापन समितिले ब्यबस्थापन गर्ने हो, उनिहरुको कमजोरीले अलपत्र रहेको शाहले वताए । सधै नगरपालिकाले मात्र पैशा कहाँ दिन सकिन्छ, एम्बुलेन्श ब्यबस्थापन समिति छन्, उहाँहरुले ब्यबस्थापन गर्नु पर्ने वताए ।

चर्चामा

सम्बन्धित समाचार