• होमपेज
  • कला /साहित्य
  • अंशु कार्कीकाे मार्मिक गजल अामालाइ

अंशु कार्कीकाे मार्मिक गजल अामालाइ

  • शनिबार, बैशाख २१, २०७६
अंशु कार्कीकाे मार्मिक गजल अामालाइ

अंशु कार्की

“आमा तिमी सडकमा आयौ र त हामीले तिम्रो सेवा गरे बापत समाजसेवीको दर्जा पायौ..धन्य छौ आमा तिमी…।

…………………………………..

आज आमाको मुख हेर्ने दिन ।कति जनाको आमाहरु यो धरतीमा हुन्छ।त कति जनाका आमाहरुले यो संसारबाट सदाको लागि बिदा लिइ सक्नु भयो। सायद उहाँहरु त्यो स्वर्गमा रमाउनु भएको होला?.

अहिले पनि कति घरहरुमा आमाहरू हासेर बाच्नु भएको होला ।अनि कति घरमा आमाहरू आशुको धारा बहाउदै बस्नु भएको होला।पीडा पर्नेहरुलाइ नै थाहा हुन्छ। नौ-नौ महिना आफ्नो कोखमा राखी
प्रसब पीडा सहेर यो सुन्दर धरती टेकाउने धेरै आमाहरु अचेल सडक किनारा अनि धेरै वृद्ध आश्रमहरु तिर भेटिनु हुन्छ ।यो आधुनिक जमानामा धेरै छोराछोरीहरुले हासिल गरेको शिक्षाले दिएको संस्कार होला।

तेही सिके होलान उनीहरुले र आज कयौं आमाहरु एक गाँस छाकको लागि आफ्नो इज्जतलाई माटोमा मिलाउन बिबस छिन।
उनीसित पनि मन होला, पिडाले मुटु दु:ख्छ होला।चाडवाडहरुमा
आफ्ना सन्तानहरुको कति यादहरु आउला नि बरै….

हुन त सबै सुन्तान कुपुत्र मात्रै हुदैन। धेरै असल सन्तानहरु पनि छ समाजमा जस्ले आफ्नी आमालाइ मात्रै हैन धेरै आमाहरुको छोराछोरी बनेर जिउने साहरा दिई रहेका छन। धन्य हुन ती सन्तान जस्ले निभ्न लागेको दियो मा तेल भरी फेरि नयाँ जीवन जिउने आशा दिई रहेका छन। ……..

कहिले सम्म होला नि वरै यसरी जीवनको अन्तिम अबस्थामा पुगेका आमाहरु सडक पेटीहरुमा आउनु पर्ने? यस्को लागि को जिम्मेवारी हुने? अनि फेरि यस्ता वृद्ध आमाहरू सडकमा आइ पुगेनन भने म जस्ता थोरै कार्य गरेर धेरै बढाइ चढाइ गर्ने समाजसेबीहरुको जन्म नहोला?।… सेवा गर्ने नाममा संघ सस्थाहरु नखुल्ला अनि फेरी रोजी रोटीको भाडो नै बन्द होला?.

.बिडम्ना छ नि छ .. सायद सडकका पेटीहरु मा वृद्ध अबस्थामा पुगेका आमाहरू आफ्नो घरपरिवार सित नै बस्नु भएको भए कहाँ यसरी धेरै समाजसेबीहरुको जन्म हुन्थ्यो होला र?…
.धन्य छिन ती आमाहरु फेरि उहाँले आफुले जन्माएको सन्तानलाइ त पहिचान दिई तर अरुको कोखबाट जन्म लिएको सन्तानहरुलाइ नि समाजसेबी अनि मानबसेबीको उच्च सम्मान दिई आमा तिमी धन्य छौ।

अब दिनहरूमा यसरी कसैका पनि आमारु रोडमा आउन नपरोस
बाकी वृद्ध-आश्रम मा बस्नु हुने आमाहरुको दैनिक जीवन सरल र सहज बनोस…अनि कोही पाटी ,पौवा र सडक किनारामा कोही आमाहरु हुनु भएमा उनीहरुले आश्रयका लागि ठाउँ पाउनु।
यहि छ आमाको मुख हेर्ने दिवसको लाखौं शुभकामना ।
अंशु कार्की
मकवानपुर

चर्चामा

सम्बन्धित समाचार