• होमपेज
  • राजनीति
  • नयाँ शक्ति र फोरम पार्टी एकता गर्ने सहमति, २३ गते घोषणा

नयाँ शक्ति र फोरम पार्टी एकता गर्ने सहमति, २३ गते घोषणा

  • शनिबार, बैशाख २१, २०७६
नयाँ शक्ति र फोरम पार्टी एकता गर्ने सहमति, २३ गते घोषणा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ।

शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहल काठमाडौंमा बसेको दुई पार्टीको छलफलमा बैशाख २३ गते सोमबार एकता घोषणा गर्ने सहमति भएको भट्टराई र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहमा समाजवादी पार्टी नेपालको घोषणा गर्ने कार्यक्रम छ। लामो समयदेखि नयाँ शक्ति र फोरमबीच पार्टी एकता गर्ने छलफल चलेको थियो।

अब बन्ने पार्टीमा भट्टराई र यादव दुवै अध्यक्ष हुनेछन्। संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको हो। पार्टीभित्र बरियताक्रममा बाबुराम पहिलो र त्यसपछि उपेन्द्र रहनेछन्।

संघीय संसदमा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद छन्।

संघीय समाजवादी फोरमले पार्टी एकता हुनुअघि सरकार छाड्नुपर्ने अडान नयाँ शक्तिले राखेको थियो। तर संविधान संशोधनका लागि सरकारलाई समय दिने र त्यो समयभित्र संविधान संशोधन नभएमा सरकार छाड्ने तयारी छ। सरकार छाड्नेबारे पार्टी एकतापछि नै छलफल गरी निर्णयमा पुग्ने उनीहरुको भनाइ छ।

साभार सेताेपाटि बाट

चर्चामा

सम्बन्धित समाचार