• होमपेज
  • कला /साहित्य
  • गजल : त्यो दिन घरमा अन्नको दानो थिएन

गजल : त्यो दिन घरमा अन्नको दानो थिएन

  • बुधबार, बैशाख १८, २०७६
गजल : त्यो दिन घरमा अन्नको दानो थिएन

त्यो दिन घरमा अन्नको दानो थिएन
सुत्केरी आमालाई दिने जुवानो थिएन ।।
साझ बिहान बुबा मजदुरी गर्नुहुन्थ्यो
वतासको डर थियो राम्रो छानो थिएन ।।
सरकारले नहेर्ने समाजले नि लत्याउने
गरिबको परिवार आखा ओभानो थिए ।।
सोझो मेरा बा लाई अंश नै दिएनछन्
आफन्तले दिएको त्यो चोट सानो थिएन ।।
जय ओलि (बजुरेल कान्छो)
खप्तड छेडेदह गाउँ पालिका ७ ओलिगाउँ
हाल: क्षितिज पारिको बस्ती काठमाडौ #कोटेश्वर

चर्चामा

सम्बन्धित समाचार