• होमपेज
  • देश
  • पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, ५ को मृत्यु

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, ५ को मृत्यु

  • सोमवार, बैशाख १६, २०७६
पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, ५ को मृत्यु

पाल्पा । पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । लु१ज १९४१ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको पाल्पाका एसपी विश्वमणी पोखरेलले जानकारी दिए ।

निस्दी गाउँपालिका ७ हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा ६ जना सवार रहेको र एक जनाले हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थलमा रहेको र मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार