• होमपेज
  • खेलकुद
  • आईपिएलमा बैङ्गलोरको सपना चक्नाचुर : शिर्ष स्थानमा पुगेको दिल्ली ६ वर्षपछि प्ले अफमा प्रवेश

आईपिएलमा बैङ्गलोरको सपना चक्नाचुर : शिर्ष स्थानमा पुगेको दिल्ली ६ वर्षपछि प्ले अफमा प्रवेश

  • आइतवार, बैशाख १५, २०७६
आईपिएलमा बैङ्गलोरको सपना चक्नाचुर : शिर्ष स्थानमा पुगेको दिल्ली ६ वर्षपछि प्ले अफमा प्रवेश

आईपिएलमा दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यर र ओपनर शिखर धवनले अर्धशतकिय पारी खेल्दै टिमलाई जित दिलाएपछि जारी सिजनमा रोयल च्यालेन्जर्सको आईपिएल सपना चक्नाचुर भएको छ ।

आज आइतबार पन्जावमा सम्पन्न पहिलो खेलमा दिल्लीसङ्ग १६ रनले पराजित भएको बैङ्गलोरको प्ले अफ यात्रा टुङ्गिएको छ भने दिल्ली क्यापिटल्स अङ्क तालिकाको शिर्ष स्थानमा उक्लिदै प्ले अफ प्रवेश गरेको छ । आईपिएलमा दिल्ली सन २०१२ पछि पहिलोपटक प्ले अफ पुगेको हो ।

दिल्लीले जितको लागि दिएको १८८ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको बैङ्गलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सकेको थियो । बैङ्गलोरको लागि ब्याटिङमा पार्थिब पटेलले ३९, मार्कस स्टोनिसले ३२, जि सिहले २७, शिभम दुबेले २४, कप्तान विराट कोहलिले २३ र एबि डेभिलियर्सले १७ रन बनाएपनि टिमलाई जित भने दिलाउन सकेनन ।

बलिङतर्फ दिल्लीका कागिसो रवडा र अमित मिश्राले २-२ विकेट लिदा ईशान्त शर्मा , अक्सर पटेल र सेर्फन रुदर्फोर्डले १-१ विकेट लिएका थिए । आजको खेलमा सर्वाधिक महङ्गा साबित भएका नेपाली राष्ट्रिय टोलिका सदस्य सन्दिप लामिछानेले ३ ओभरमा ३६ रन खर्चेपनि विकेट भने लिन सकेनन ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । दिल्लीको लागि ब्याटिङमा कप्तान श्रेयस अय्यरले ५२ र शिखर धवनले ५० रनको महत्त्वपूर्ण योगदान दिएका थिए । प्रतियोगितामा समान १२-१२ खेल खेलेका दिल्ली र बैङ्गलोर अङ्क तालिकामा क्रमशः पहिलो र आठौं स्थानमा रहेका छन ।  न्युज सुदुर बाट

चर्चामा

सम्बन्धित समाचार