• होमपेज
  • देश
  • हुम्लाकाे रुघाखोकी प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट औषधि र चिकित्सक

हुम्लाकाे रुघाखोकी प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट औषधि र चिकित्सक

  • आइतवार, बैशाख १५, २०७६
हुम्लाकाे रुघाखोकी प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट औषधि र चिकित्सक

सुर्खेत — मौसमी रुघाखोकी प्रभावित हुम्लाको ताजाकोट गाउँपालिकामा कर्णाली प्रदेश सरकारले हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाएको छ । आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट दुई फ्लाइटमा औषधि र चिकित्सक पठाइएको सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘संघीय सरकारको समन्वयमा छिट्टै टोली पठाउन सकियो,’ हुम्ला सिमकोटमा रहेका उनले भने, ‘अब त्यहाँको स्वास्थ्य समस्या छिट्टै समाधान हुन्छ होला ।’

सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. टेकराज भट्टराई, डा. केएन पौडेल र केशव अधिकारी, एकजना प्यारामेडिक्स, निर्देशनालयका कर्मचारी श्याम आचार्य र ल्याब टेक्निसियनको टोली प्रभावित क्षेत्रमा पुगिसकेको निर्देशक डा. रीता भण्डारीले बताइन् । ‘टोलीले आजै उपचार सुरु गर्नुका साथै ल्याव परीक्षण गरी रोगको निदान गर्नेछ,’ उनले भनिन्, ‘आवश्यकता अनुसार थप चिकित्सक र औषधि पनि पठाइने छ ।’
सुर्खेतबाट गएको टोली तीन-चार दिन प्रभावित क्षेत्रमा बस्नेछ । थप समय बस्नु पर्ने भएमा ‘रोटेसन’ मिलाएर अरु चिकित्सकलाई पठाइने निर्देशक भण्डारीले बताइन् ।
तीन साताअघि फैलिएको मौसमी रुघाखोकीले हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने करिब ३ सय बिरामी छन् । ताजाकोटकाे वडा नम्बर १ मा जिमाना र काँडागाउँ तथा वडा नम्बर २काेमैला, तोलीबाडा र खटिकबाडामा प्रकोप देखिएको छ ।

 

 

चर्चामा

सम्बन्धित समाचार