• होमपेज
  • कला /साहित्य
  • कविता “कहिले सम्म हिंसा”

कविता “कहिले सम्म हिंसा”

  • शुक्रबार, बैशाख १३, २०७६
कविता “कहिले सम्म हिंसा”

कहिले सम्म होला
हाम्रा छोरी ,चेलीहरु
दाइजोको नाममा जिउँदै
जल्नु पर्ने ?
यो संसारमा आउनु अघि
नै गर्भ भित्र मृत भै झर्नु पर्ने
कति सकस छ है छोरी भइ जिउन
जे गरे नि सुख छैन।समानता र
अधिकारका जति कुरा गरे पनि
सधैं पछाडि पर्नु पर्ने।
छोरी घरबाट कतै केही दिनका लागि
गइ भने धेरै चिन्ता बढछ परिवारमा
तर तेही छोरा आधा रातमा घरमा आउदा
फरक नपर्ने
जे देख्न नपरोस् भनेर सोच्यो तेही
देख्न पर्ने अचेल के हुदैछ अचेल नेपालमा
हाम्रा छोरीचेली विभिन्न हिंसाको सिकार हुनु
पर्ने।
छोरीहरु नि धेरै समक्ष हुन सक्छन मात्रै
उनीहरूलाई शिक्षा र अवसरको खाचो छ
चौउ घेरामा हैन उनीहरूलाइ पनि
आफ्नो पंख फिजाइ उडन पाउनु पर्ने।
धेरै भयो भासण र अन्तरबार्ता महिला हकहित
को वारे हरेक टोल,बस्ती ,गाउँ र शहरबाट बुलन्द
आवाज लिएर बेला भयो सबै जाग्नु पर्ने


अंशु कार्की
मकवानपुर
दोषीलाई कडा करबाही गरियोस।

चर्चामा

सम्बन्धित समाचार