“को होला ?”

  • आइतवार, बैशाख ८, २०७६
“को होला ?”

देखेर तिम्रा प्रगतिहरु डाह न

गर्ने को होला?

 

छाता,बर्साती हुदाहुदै झरीमा नरुझ्ने को होला?

**—***–*—*—*****——*****—-***–*–*
गर्छ्न धेरैले ठुला कुरा एकान्त बसेर नरुने को होला?
सधैं माया,प्रेमका कुराहरु गर्नेहरु बिछोडको आँसु नझार्ने को होला?

*—*–*******–***—******–***–****–**–*-*-**
हरियाली जगलमा बसी मयुरले जस्तै एक्लै नाच्दै
आफ्नो गोडा हेरी दुखी भए झै सबै कुरा मिलेको
भनी चित्त बुझाउने को होला?

*—-*-*–********–**–*—**—*–**–*****
मधुर स्वरमा कुहुकुहु गर्ने कोइली चरीले झै
सबैलाइ मोहित पार्ने गीत गाउने को होला?

***—**-*—**-*–*—*-**-*****–*-*-*-*-*-
बोलेका सबै कुराहरु हुबहु नोट कपिमा उतारे
झै आफ्नो सादा पाना रुपी जीवनमा उर्तार्ने को होला?

**-*-****-*-*–*-*-**–**-*-*–*-*-*-*-*-*-**–*
आउँछन हिडाइको क्रममा पाइलै पिछे चोट र घातहरु
फेरि पनि साहस गरि नयाँ जीवन सुरु नगर्ने को होला?

अंशु कार्की
मकवानपुर

चर्चामा

सम्बन्धित समाचार