• होमपेज
  • खेलकुद
  • आठौँ राष्ट्रिय खेलकुदः प्रदेशमा सुदूरपश्चिम पहिलो स्थान

आठौँ राष्ट्रिय खेलकुदः प्रदेशमा सुदूरपश्चिम पहिलो स्थान

  • मङ्लबार, बैशाख ३, २०७६
आठौँ राष्ट्रिय खेलकुदः प्रदेशमा सुदूरपश्चिम पहिलो स्थान

बडीमालिका समचार ३ बैशाख

आठौँ राष्ट्रिय खेलकुद अन्तरगत छैटौँ दिनसम्मको खेल सकिँदा पदक तालिकामा विभागीय टिमपछि सुदूरपश्चिम पहिलो स्थानमा छ। ७ वटा प्रदेशका टिमहरुको सहभागिता रहेकोमा सुदूरपश्चिम पहिलो स्थानमा रहेको हो। सुदूरपश्चिम भन्दा अगाडी विभागिय ३ वटा टोली छन्। त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्रै अगाडी छन्।

त्रिभुवन आर्मी १८ स्वर्ण, २० रजत र १४ कास्य सहित कूल ५२ पदकका साथ पहिलो स्थानमा छ। दोश्रो स्थानमा रहेको प्रहरीले १३ स्वर्ण, १० रजत र ११ कास्यसहित ३४ पदक जितेको छ। यस्तै एपीएफ ११ स्वर्ण, ११ रजत र १६ कास्य सहित ३८ पदक सहित तेश्रो स्थानमा छ। प्रदेशहरुमा सुदूरपश्चिम पहिलो स्थानमा छ। सुदूरपश्चिमले ६ स्वर्ण, ५ रजत र ९ काश्य सहित २० पवदक जितेको छ। औपचारिक उद्घघाटन बैशाख ५ गते हुने भएपनि केही खेलहरु चैत २७ गतेदेखि सुरु भएको थियो।

साभार दिनेश खबर

 

चर्चामा

सम्बन्धित समाचार