• होमपेज
  • खेलकुद
  • आठौं राष्ट्रिय खेलकुद-फेन्सिङमा ६ स्वर्ण जित्दै आर्मी बन्यो च्याम्पियन

आठौं राष्ट्रिय खेलकुद-फेन्सिङमा ६ स्वर्ण जित्दै आर्मी बन्यो च्याम्पियन

  • सोमवार, बैशाख २, २०७६
आठौं राष्ट्रिय खेलकुद-फेन्सिङमा ६ स्वर्ण जित्दै आर्मी बन्यो च्याम्पियन

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत् चौथो फेन्सिङ प्रतियोगितामा ६ वटा स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । आर्मी डिफेन्डिङ च्याम्पियन पनि हो । फेन्सिङका मुख्य प्रशिक्षक अभिषेक कार्कीका अनुसार प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी च्याम्पियन बन्यो । दोश्रो भएको सशस्त्र प्रहरीको एपीएफ क्लबले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यका साथ प्रदेश ३ ले तेश्रो स्थानमा चित्त बुझाएको छ ।

प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ कांस्य हात पारे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । नेपालगञ्ज रंगशालाको कभर्ड हलमा चैत २८ गतेदखि सुरु प्रतियोगितामा १ सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यसैबीच आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत् आजदेखि बाँकेको कोहलपुरमा साइक्लिङ्ग, दाङ्गमा व्याडमिन्टन र नेपालगञ्जको जुडो हलमा जुडोका खेल शुरु भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार