• होमपेज
  • समाज
  • बाजुराका डिएसपी भाट सम्मानित

बाजुराका डिएसपी भाट सम्मानित

  • आइतवार, बैशाख १, २०७६
बाजुराका डिएसपी भाट सम्मानित

बडीमालिका समाचार
बाजुरा १ बैशाख
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाट सम्मानित भएका छन् ।
नयाँ वर्ष २०७६ शालको अवसर पारि बडीमालिका नगरपालिका वडा नं ३ मा रहेका रजाली युथ क्लव, वडा स्तरीय महिला अधिकार मंच र बाल अधिकार मंच रजालीले सयुक्त रुपमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा डिएसपी भाटलाई सम्मानित गरिएको हो ।
डिएसपी भाटले बाजुरा जिल्लामा आएदेखि नै जिल्लाको समग्र शान्ति सुरक्षामा उल्लेखनीय कार्य गरी समुदायमा कुरिती, कुसंस्कार र समाजमा हुने सामाजिक सदभाव र अमन चयनमा खलल पुर्याउने गतिविधिलाई निरुत्साहित गर्न अहोरात्र खटी जनताको सुरक्षाको प्रत्याभुति प्रदान गरेकोले डिएसपी भाटलाई सम्मानित गरिएको हो ।
डिएसपी भाटलाई प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले दोसल्ला सहित सम्मानित गरेका हुन् । डिएसपी भाटलाई सम्मानित गर्दै प्रतिनिधि सभा सदस्य थापाले नयाँ वर्षमा बाजुरा बासीहरुमा नयाँ जोस र उमङ्गका साथ जिल्लाको शान्ति सुरक्षामा लाग्न अनुरोध गरेका थिए ।
डिएसपी भाट बाजुरामा आएको ६ महिना वित्यो ६ महिनाको अवधिमा जिल्लामा शान्ति सुरक्षामा दिनरात खटेर काम गरिरहेका छन् । भाट जिल्लामा प्रवेश गरेदेखि नै गाउँमा रहेका स्थानीयहरुले शान्ति सुरक्षाको महशुस गर्न पाएकोमा डिएसपी भाटको काम प्रति स्थानीयहरु खुसी भएका छन् ।
समाजमा दिन प्रतिदिन मदिरालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्ला भरिनै अभियान चलाएकोमा महिलाहरुले देउडा गित मार्फत डिएसपी भाटलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार