• होमपेज
  • देश
  • खडेरीले पहिलो पटक पानीको मुहान सुक्दै

खडेरीले पहिलो पटक पानीको मुहान सुक्दै

  • शनिबार, चैत्र ३०, २०७५
खडेरीले पहिलो पटक पानीको मुहान सुक्दै

प्रकाश सिंह
बाजुरा, ३० चैत
बाजुराको हिमाली गाँउपालिका ६ धिम गाँउमा कहिल्यै नसुकेको खानेपानिको मुहान यो बर्ष भने खानेपानिको मुहान सुकेको छ । जस्तो सुकै खडेरी र हिउँदको बेला पानि मुहान आइरहने गरेको थियो, तर यो बर्षमा भने पुर्ण रुपमा खानेपानिको मुहान सुकेको दलित अधिकारकर्मी गोरख बहादुर सार्कीले वताए ।
खानेपानिको मुहान सुक्दा ४ सय परिवार रहेको धिम गाँउमा खानेपानिको हाहाकार भएको सार्कीले वताए । अहिले १ घण्टा टाढा रहेको खोलाको पानि खाने गरेको उनले वताए ।
लगातारको खडेरीका कारणले धिम गाँउ जस्तै दर्जनौ गाँउमा पहिलो पटक खानेपानिका मुहान सुकेका छन् । हिमाली गाँउ पालिकामा मात्र १३ वटा खानेपानिका मुहान पहिलो पटक सुकेको गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । मुहान सुक्दा गाँउपालिकामा मात्र १५ वटा गाँउमा खानेपानिको निकै हाहाकार भएको उनले वताए । चार बर्ष देखिको लामो खडेरीले खानेपानिको मुहान सुकेपछि केही परिवार आम्शिंक रुपमा बिस्थापित हुन लागेको वताए ।


स्थानिय बुढापाका अनुसार २०२२ सालदेखीको ठुलो खडेरी परेको वताएका छन् । स्वार्मीकार्तिक गाँउपालिकाको वाइ खानेपानि मुहान सुकेपछि ३ सय परिवार डेढ घण्टा टाढा रहेको कर्णाली नदिको पानि खाने गरेको स्थानिय नर्मदा जैशीले वताएकि छन् । गएको बर्ष अलि थोरै भएपनि आउने गरेको थियो, यो बर्षको मंसिर देखिनै पानिको मुहान सुकेको उनले वताईन् ।
लामो खडेरीका कारण बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय निकाय, हुम्लाको श्रीनगर भेगका २ वटा गाँउपालिका र मुगुको श्रीकोट भेगमा खानेपानिका मुहान सुकेको स्थानियले वताएका छन् । स्वामीकार्तिक गाँउपालिका निमित्त कार्यकारी कुवेर शाहिले भने खडेरीका कारणले खानेपानिको मुहान सुक्दा स्थानियलाई निकै समस्या भएको वताए । यस्तै हो भने केही समयमै केही बस्ति बिस्थापित हुने अबस्था रहेको वताए ।
लामो खडेरी कारण बाजुराको उत्तरी क्षेत्रका स्वामिकार्तिक, पाण्डबगुफा, हिमाली गाँउपालिका र बुढिन्नदा नगरपालिका हुम्लाको ताजाकोट, अदानचुली गाँउपालिका मुगुका खत्याड र सोरु गाँउपालिका प्रभावित भएका छन् । यो क्षेत्र देशकै खडेरीग्रस्त क्षेत्रका रुपमा रहेको हुम्लाको ताजाकोट गाँउपालिका अध्यक्ष बागदल मल्लले वताए । पहिला पहिला खडेरी सिचाई नभएर अन्नवाली उत्पादन घट्ने गरेको थियो, तर अहिले भने मानिसले प्रयोग गर्ने खानेपानिको मुहान समेत सुक्दै गएको मल्लले वताए ।
हेल्वेटास नेपालले निकालेको रिपोर्टमा पनि पछिल्लो समय पानिको मुहान सुक्दै गएको जनाएको छ । हेल्वेटास बाजुरा जिल्ला कार्यक्रम संयोजक अक्कल शाहका अनुसार पछिल्लो समय पानिको स्रोत सुक्दै गएको र खोलामा समेत पहिलो भन्दा पानि घटदै गएको वताए । जंगल मासिदै जानु र लगातार खडेरीले पहिलो पटक पानिका मुहान सुक्दै गएको शाहले वताए । यो जलवायु परिर्वतनको असर रहेको उनले थपे ।

चर्चामा

सम्बन्धित समाचार