• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • यसरी बनाउनुस् घरमै बडी स्क्रब

यसरी बनाउनुस् घरमै बडी स्क्रब

  • शनिबार, चैत्र ३०, २०७५
यसरी बनाउनुस् घरमै बडी स्क्रब

गर्मीमा पसिना तथा प्रदूषणले अनुहार मात्र होइन, शरीरलाई पनि नोक्सान पु¥याउँछ। बडी स्क्रब्सको प्रयोग गरे यसलाई हटाएर फ्रेस लुक दिन मद्दत गर्छ। सुन्दर देखिनका लागि अनुहारको फेसियल गरेर मात्र हुँदैन, बडी स्क्रबिङ गर्न पनि जरुरी हुन्छ। यो डेड स्किन निकाल्न तथा थकान हटाउन प्रभावकारी हुन्छ। तर, हरेक स्किनका लागि अलग–अलग स्क्रब हुन्छ। त्यसकारण आफ्नो स्किन अनुसार स्क्रब छान्नु जरुरी हुन्छ।

मेवा र अण्डा स्क्रब
यदि तपाईंको स्किन धेरै सेन्सिटिभ छ भने यो स्क्रब एकदमै प्रभावकारी हुन्छ।

सामग्री
–    आधा कप मेस मेवा
–     १ सेतो अण्डा (राम्रोसँग मिक्स गरेको)
–    १ टि स्पुन मह
–    १ टि स्पुन दही
बनाउने विधि
एक ठूलो कचौरामा सबै सामग्री राखेर एकसाथ मिलाउनुस्।
लगाउने तरिका
एक बड़े बोल में सारी सामग्री डालकर एक साथ
फम स्पान्जको मद्दतले यसलाई पूरै शरीरमा लगाउनुस्।
करिब १५/२० मिनेटपछि पानीले धुनुस्।
मुलायम कपडाले पुछेर बडी मोस्चराइजर लगाउनुस्।

ब्रियुड कफी र सिट्रस जुस स्क्रब

कफी र सिट्रस फ्रुट्सको यो स्क्रबले स्किनलाई सफ्ट र गलोइङ बनाउँछ।

सामग्री

–    ३ टेबल स्पोन ब्रियुड कफी
–    १ कप जुस
बनाउने विधि
एक कचौरामा दुई चिज राखेर राम्रोसँग मिलाउने।
लगाउने तरिका
त्यसपछि पूरै शरीरमा गोल–गोल घुमाएर स्क्रबिङ गर्ने।
करिब २० मिनेटपछि पानीले धोएर बडी क्रिम लगाउने।
–    एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार