• होमपेज
  • देश/प्रदेश
  • अछाम र बाजुरामा भएका छुट्टा–छुट्टै दुर्घटनामा २ जनाको मुत्यु

अछाम र बाजुरामा भएका छुट्टा–छुट्टै दुर्घटनामा २ जनाको मुत्यु

  • बिहिबार, चैत्र २८, २०७५
अछाम र बाजुरामा भएका छुट्टा–छुट्टै दुर्घटनामा २ जनाको मुत्यु

अछाम र बाजुरा जिल्लामा भएका छुट्टा–छुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। अछामको तुर्माखाँद गाउपालिकामा ट्रयाक्टर भीरमा खस्दा एक जनाको मुत्यु भएको छ। ट्याक्टर भीरमा खसेपछि ४५ वर्षीय नरबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। से २ त ८२४ नम्बरको ट्रयाक्टर भीरमा खस्दा  नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याङकर नियनत्रणमा लिईएपनि चालक भने फरार रहेका छन्। यस्तै बाजुराको बम्का बजारबाट वावला जाँदै गरेको से १ त ८९८३ नम्बरको ट्रयाक्टरवाट खसेर २४ वर्षीय जनक ओखेडाको मुत्यु भएको छ। सुदूरपीश्चम ट्राफी प्रहरी कार्यालयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार