• होमपेज
  • कला /साहित्य
  • युवा गजलकार सुरेन्द्र शाहीकाे गजल : नयाँ वर्ष २०७६को हार्दिक मंगलमय शुभकामना !!

युवा गजलकार सुरेन्द्र शाहीकाे गजल : नयाँ वर्ष २०७६को हार्दिक मंगलमय शुभकामना !!

  • बुधबार, चैत्र २७, २०७५
युवा गजलकार सुरेन्द्र शाहीकाे गजल : नयाँ वर्ष २०७६को हार्दिक मंगलमय शुभकामना !!

सधैंभरी विकासको आस बनोस नयाँवर्ष।
सुखशान्ति समृद्धिको खास बनोस नयाँवर्ष।।
ब्यञ्जनको आसैछैन आटोमात्रै भएपनि,
गरीबको पेट भर्ने गास बनोस नयाँवर्ष।।
अपहेलित न्यायखोज्ने बेसाहारा फुटपाथेको,
सडकपेटी आनन्दको बास बनोस नयाँवर्ष।
धर्तीओछ्यान आकाशको छानो हुनेहरुलाई,
हिउँदबर्खा न्यानोछर्ने कपास बनोस नयाँवर्ष।।
कति राम्रो स्वर्गजस्तो प्यारो हाम्रो देशभाड्ने,
फटाहा र भ्रष्टाचारको लास बनोस नयाँवर्ष।।

-युवा गजलकार सुरेन्द्र शाही”गुलाब कान्छो”
बाजुरा हाल-राजधानी

चर्चामा

सम्बन्धित समाचार