• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • प्रेमका नाममा बढ्दो यौन र अपराध

प्रेमका नाममा बढ्दो यौन र अपराध

  • बुधबार, चैत्र २७, २०७५
प्रेमका नाममा बढ्दो यौन र अपराध

त्रिभुवन बिश्वबिद्यालयकी उपप्राध्यापक एवम समाजशास्त्री रीधी आचार्य भन्छिन्, ‘ मैले अहिलेसम्म यौन दुर्ब्यवहार बेहोर्नु परेको छैन । बिभिन्न ठाउँमा म एक्लै जान्छु, तर यौन हिंसाको महसुस गरेको छैन ।  ’

शभ्य मान्छेबाटै दुर्ब्यवहार

महिला हुँदैमा यौन हिंसा हुन्छ भन्ने छैन । महिला आफैमा आत्मबिश्वास हुने हो भने यस्ता हिंसाजन्य घटनाबाट मुक्ति पाउन सकिने आचार्यको भनाइ छ । उनी भन्छिन्, ‘ बोल्न सक्नु पर्छ । कसैले गलत तरिकाले व्यवहार गर्दैछ भन्ने थाहा पाउने वित्तिकै त्यसको प्रतिवाद गरौं । सहन थाल्यो भने हिंसा ंगर्नेलाई प्रेरणा मिल्छ । ’पुरुषबाट मात्र नभइ महिलाहरुबाट समेत यौन दुव्र्यवहारका घटना अत्यधिक हुने गरेका छन् । उच्च ओहदामा पुगेका, पढेलेखेका, समाजका प्रतिष्ठित व्यक्तिहरुबाट समेत यो प्रकारका घटना प्रशस्त छन् । यसकारण समाजमा यौन दुव्र्यवहारका घटना न्यूनीकरण गर्न मानिसको सोचमै परिवर्तन आउनुपर्ने र समाजिक मूल्य, मान्यताको स्थान उच्च हुनुपर्ने हुन्छ । हामीकहाँ नीति, नियम, मूल्य, मान्यता हराउँदै जान थालेकाले तीनको महत्व पनि घटेकाले यो प्रकारका विकृति देखा परेका हुन् ।

मान्छे एक सम्बन्ध अनेक

मान्छे व्यक्तिवादी भैरहेको छ । आफू बाहेक प्राथमिकतामा अरु केही छैन । ‘हामी’ भन्ने भावना छैन, ‘ म’ मात्रै छ । यसले सामुहिकरुपमा काम गर्ने भावनामाथि ठेस पुर्याएको छ । अझ पछिल्लो समाजिक संजालले मान्छेलाई एकांकी बनाएको छ । मानिस फेसबुक, म्यासेन्जर, ट्वीटर लगायतका संजालमा व्यस्त रहँदा पारिवारिक सम्बन्ध धरापमा पर्न थालेको छ । सामाजिक संजालको प्रयोग र आधुनिकताको नाममा यति विकृति बढ्यो कि विवाहित पुरुष र नारीले समेत बहुसम्बन्ध राख्न थालेका छन् । सामाजिक संजालमा बिभिन्न साथी बनायो, त्यहीं भावना आदान प्रदान भयो, त्यसपछि भेटघाट, प्रेम, यौन सम्बन्ध…अनि अपराध । श्रीमान र श्रीमतिबीच पनि आपसमा निकै बलियो सम्बन्ध र बिश्वास देखिन्छ । तर, भित्रभित्र खोक्रो भैसकेको पछि मात्रै थाहा हुन्छ । श्रीमानका अनेकौं सम्बन्ध, श्रीमतिका पनि अनेकौं सम्बन्ध । अझ पछिल्लो समय त बिद्यालय र क्याम्पस पढने केटाकेटीमा प्रेम र यौन रोगका रुपमा देखा परेको छ । सामाजिक संजालको गलत प्रयोगकै कारण असुरक्षित यौन सम्र्पक, गर्भपतन, बलात्कार, हत्या लगायतका घटना समाजमा दैनिक बढिरहेका छन् ।

‘लिभिङ टुगेदर’ विकराल समस्या

पछिल्लो समय नेपालमा फस्टाएको अर्को समस्या भनेको ‘लिभिङ टुगेदर’ हो । भाई बहिनी, काका भतिजी, मामा भान्जी जस्ता अनेक नाता भन्यो, संगै एउटै कोठामा बस्यो । आखिरमा नाता केही हुँदैन, उनीहरु प्रेमी÷प्रेमिका हुन्छन्, लिभिङ टुगेदरकारुपमा बसेका हुन्छन् । यो कुरा अहिले आम समस्याका रुपमा देखा परेको छ । अधिकांश अपराधजन्य घटना हुनुमा यो पनि प्रमुख समस्या हो । यस्ता घटना रोक्न सामाजिक मूल्य, मान्यता, नैतिकताबाहेक अन्य नियम कानून केही पनि छैन ।

‘मल्टि रिलेसन’ रोक्न चुनौत

‘बिज्ञान र प्रविधिले विकास गरेका औजार र तीनको प्रयोगलाई रोक्न सकिदैन । अझ स्वतन्त्रताको उपभोग गर्नुपर्ने कुरा संविधानले नै सुरक्षित गरेको छ । मान्छे उपभोगवादी भयो । उपभोग गर्ने हिंड्ने । यस्तो बेला, मान्छेका बहुआयामिक सम्बन्धहरु रोक्न सकिदैन । समाजलाई विकृत हुनबाट रोक्न मान्छेको मनमगजमै स्वतः परिवर्तन आउनुपर्ने हुन्छ  ।’ आचार्य भन्छिन् ।

 

चर्चामा

सम्बन्धित समाचार