शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • राजनीति
  • पार्टीलाई बदनाम गर्ने जनप्रतिनिधिलाई सरकारले हतकडी लगाउँछ – पोखरेल

पार्टीलाई बदनाम गर्ने जनप्रतिनिधिलाई सरकारले हतकडी लगाउँछ – पोखरेल

  • बुधबार, चैत्र २७, २०७५
पार्टीलाई बदनाम गर्ने जनप्रतिनिधिलाई सरकारले हतकडी लगाउँछ – पोखरेल

उप-प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीलाई बदनाम गर्ने जनप्रतिनिधिलाई सरकारले हतकडी लगाउनुपर्ने बताउनुभएको छ । सिरहाको लहानमा सोमबार आयोजित ब्यापारीक महोत्सब मेलाको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वहाँले यस्तो बताउनु भएको हो ।

नेकपाका केही जनप्रतिनिधिहरु भ्रष्टाचारमा मुछिएको घटना सार्बजनिक भएसँगै यस किसिमको प्रबृत्तिले पार्टीलाई बद्नाम गरिरहेको बताउदै वहाँले यस्ता जनप्रतिनिधिहरुले अब पार्टीबाट संरक्षणको आशा नराखे हुने बताउँदै बरु सरकारले त्यस्ता जनप्रतिनिधिहरुलाई हतकडी लगाएर उदांगो पार्दै जाने स्पष्ट पार्नुभयो ।

वहाँले कार्यक्रममा वर्तमान सरकारले देशमा विकास निर्माणको जग खडा गरेको र बिस्तारै निर्माणको गती बढाउने बेलामा जनप्रतिनिधिहरु भ्रष्टाचारमा मुछिएको खवर बाहिरिनुले सरकारलाई अन्य पक्षले दोष थोपर्न मद्दत मिलेको बताउनुभयो ।

फरक प्रसंगमा मधेशी तथा मैथली दुवै भाषामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी राष्ट्र भारतमा अन्य देशबाट विवाह गरेर ल्याइएका महिलालाई ७ बर्ष पछि मात्र नागरिकता दिने चलन रहेको तर नेपालमा भने विवाह गरेर ल्याउने वित्तिकै नागरिकता कसरी दिन सकिन्छ भन्दै प्रतिप्रश्न गर्नुभयो ।वहाँले भन्नुभयो – “अब नागरिकतालाई राजनीतिक विषय बन्न दिइंदैन । ‘

मन्तब्य दिने क्रममा वहाँले भन्नुभयो – ‘यो देश बहुजाती,बहुभेष भाषीको देश हो । त्यसैले यहाँ धोतीले दौरासुरुवाल र दौरासुरुवालले धोतीलाई हेप्न पाइदैन । ‘साँस्कृतिक विभिदताले भरिएको यो सुन्दर देशमा सबैको सँस्कृति ,भेषभुषा,संस्कार र भाषाभाषीलाई सम्मान गर्नुपर्छ अनि मात्रै यो देशमा विकास र अधिकार सवल हुने भन्दै नेपाल रहे मात्र पहाडी र मधेशी रहिरहने बताउनुभयाे ।

वहाँले सिरहाको लहान विकासको लागि प्रदेश र संघीय सरकारसँग कार्यक्रम ल्याउन सहयोग गर्ने बताउँदै स्थानीयलाई उद्योग, कलकारखाना, कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

लहानले सलहेश सर्किट , वडा २४ का मानिकदहमा उद्योगक्षेत्र, कृषि उत्पादनको लागि विशेष क्षेत्र तयार गर्न जोड दिँदै आएको छ । महोत्सब उद्धघाटन लहान नगरपालिकाका प्रमुख मुनी साहका सभा अध्यक्षतामा शुरु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार