शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • राजनीति
  • पञ्चायतमा लाठी बर्साउन आदेश दिनेहरु गणतन्त्रको लाठी खाँदै

पञ्चायतमा लाठी बर्साउन आदेश दिनेहरु गणतन्त्रको लाठी खाँदै

  • मङ्लबार, चैत्र २६, २०७५
पञ्चायतमा लाठी बर्साउन आदेश दिनेहरु गणतन्त्रको लाठी खाँदै

पञ्चायत कालमा बहुदलको माग गर्दै सडकमा उत्रिने राजनीतिक दलका नेता कार्यकर्तामाथि लाठी बर्साउन आदेश दिने हर्ताकर्तामाथि अहिले गणतन्त्रको लाठी बर्सिन थालेको छ।

यस्तै भयो सोमबार हिन्दुराष्ट्र र राजतन्त्रको पुनः स्थापनाको माग राख्दै राप्रपाको सडक आन्दोलनमा। पञ्चायतको अन्तीम समय २०४५ सालमा सञ्चारमन्त्री रहेका कमल थापाको जुलुसमाथि सोमबार प्रहरीले दरो लाठी चार्ज गर्यो।

उक्त लाठी चार्जबाट राप्रपाका धेरै नेता कार्यकर्ताहरु घाइते बने। पञ्चायतकालमा बहुदलको माग गर्ने कांग्रेस(कम्युनिष्टमाथि लाठी बर्साउन आदेश दिने यि कमल थापाले गणतन्त्रात्मक सत्ताको बलियो लाठि खाँदा कस्तो अनुभुति गरिरहेका होलान रु वा पञ्चायतको सत्तामा रहँदा अहिलेका सत्ताधारीहरुमाथि गरिएको दमन थापाले स्मरण गरिरहेका होलान कि नहोलान

बहुदल स्थापनापछि आफ्नै अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरी राजनीति गरिरहेका थापाले दलीय सत्ताको स्वाद पनि पटक–पटक चाखि सकेका छन्। सत्तामा हुँदा एउटा कुरा, सत्ता बाहिर हुँदा अर्को कुरा गरी जनतालाई भ्रममा पार्दै आएका यि थापा फेरी आफ्ना कार्यकर्तालाई सत्तामा पुग्ने भर्याङ बनाउँदै आन्दोलनमा होमिरहेका छन्।

अहिले पनि त्यहि भ्रम छर्नका लागि उनी हिन्दु राज्य र राजसंस्था पुनःस्थापनाको भ्रमित नारा दिएर सडक आन्दोलनमा छन्। यहि नाराको बलमा फेरी सत्तामा पुग्ने थापाको नियत कसैबाट छिपेको छैन। पुर्वराजा ज्ञानेन्द्रसमेत धेर थोर थापाको यो दोहोरो चालप्रति अनभिज्ञ छैनन्।

पञ्चायतको अन्तीम समय २०४६ सालमा बहुदलबादीको आन्दोलन चरम उत्कर्षमा पुगेको अवस्थामा कमल थापा सञ्चार र निरञ्जन थापा गृहराज्यमन्त्री थिए। कमल थापा सञ्चारमन्त्री भए पनि बहुदलवादी नेता कार्यकर्तामाथि दमनका लागि आदेश दिनेमा प्रमुख हर्ताकर्ता थिए। ‘कहिले सासुको पालो त कहिले बुहारीको’ भन्ने नेपाली उखान अहिले चरितार्थ भएको छैन र

चर्चामा

सम्बन्धित समाचार