• होमपेज
  • कला /साहित्य
  • गजल : मिल्छ भने कहिलेकाही बोलाएर हेर प्रिय

गजल : मिल्छ भने कहिलेकाही बोलाएर हेर प्रिय

  • सोमवार, चैत्र २५, २०७५
गजल :  मिल्छ भने कहिलेकाही बोलाएर हेर प्रिय

मिल्छ भने कहिलेकाही बोलाएर हेर प्रिय
तिम्रो छाया बाधेकोछु टोलायर हेर प्रिय ।।
सक्छौ भने हिडने बाटो प्रतिक्षामै राख प्रिय
माया रूपि नयन जोडने परेलिले डाक प्रिय श्।।
गुलाबि ती मादक मुस्कान खुलाएर हाँस प्रिय
दुई मुटुलाई जोडने गरि प्रेम प्रिति गाँस प्रिय ।।
गुम्सिएको मुस्कान तिम्रो सक्छौ भने खोलिदिनु प्रिय
भेट हुदाँ कहिलेकाहि मुस्कुराई बोलाइ दिनु प्रिय।।
आशा कुमारी थापा
बुढीगँगा न, पा २ बाजुरा

चर्चामा

सम्बन्धित समाचार