शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खेलकुद
  • आइपीएल : चेन्नईसंग पञ्जाब पराजित

आइपीएल : चेन्नईसंग पञ्जाब पराजित

  • आइतवार, चैत्र २४, २०७५
आइपीएल : चेन्नईसंग पञ्जाब पराजित

ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किंग्सले किंग्स ईलेभेन पञ्जाबलाई २२ रनले पराजित गरेको छ । शनिबार भएको खेलमा चेन्नईले पञ्जाबलाई हराएको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले ५ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।

सर्फराज खानले ६७ र केएल राहुलले ५५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । यसअघि एमए चिदामबारम क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३  विकेट गुमाएर १६० रन बनायो ।

चेन्नईका लागि फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले ।  प्लेसिसले ५४ रन बनाए  । यस्तै कप्तान महेन्द्र सिंह धोनीले अविजित ३७ तथा अम्बाती  रायाडुले अविजित २१ रन बनाए ।

चेन्नईका शेन वाट्सन २६ रनमा आउट हुँदा सुरेश रैनाले १७ रन बनाए । पन्जाबका रविचन्द्र आश्विनले ३ विकेट लिए ।  जितसंगै शीर्ष स्थानको चेन्नईले ५ खेलबाट ८ अंक जोडेको छ । पञ्जाब ६ अंक सहित चौथो स्थानमा छ ।

  • एजेन्सी

चर्चामा

सम्बन्धित समाचार