शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • नेपाल आइडल सिजन २ का बिजेता एवं चर्चित हस्ती रबि ओडको पहिलो गीत सार्वजनिक

नेपाल आइडल सिजन २ का बिजेता एवं चर्चित हस्ती रबि ओडको पहिलो गीत सार्वजनिक

  • शनिबार, चैत्र २३, २०७५
नेपाल आइडल सिजन २ का बिजेता एवं चर्चित हस्ती रबि ओडको पहिलो गीत सार्वजनिक

नेपाल आइडल सिजन २ का बिजेता एवं चर्चित हस्ती रबि ओडको पहिलो गीत सार्वजनिक भएको छ । शोको उपाधी जितेसंगै कन्सर्टमा नै व्यस्त रहँदै आएका रबिको पहिलो अफिसियल गीत सार्वजनिक भएको हो । ‘मिठो बोली’ बोलको सार्वजनिक गीतमा कृष्ण केसीको शब्द र हरि लम्सालको संगित रहेको छ ।

यो पनि हेर्नुहोस

गीतको भिडियोमा रबि र चर्चित मोडल अलिशा राईले अभिनय गरेका छन् । शिव बिकले कोरियोग्राफी र निर्देशन गरेको भिडियो पनि कलरफूल रहेको छ । रबिले शो अवधीभर पनि निकै चर्चा र माया पाएका थिए । सुदूरपश्चिम प्रदेशबाट एक्ला प्रतिस्पर्धीको रुपमा फाईनलसम्म पुगेका उनले बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीलाई पछि पार्दै शोको उपाधी जितेका थिए ।

चर्चामा

सम्बन्धित समाचार