शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सुत्नु अघि नखानुस् यी खानेकुरा

सुत्नु अघि नखानुस् यी खानेकुरा

  • शुक्रबार, चैत्र २२, २०७५
सुत्नु अघि नखानुस् यी खानेकुरा

चकलेट चकलेटमा क्याफिन हुन्छ । कालो खालको चकलेटमा क्याफिनको मात्रा अझ बढी हुन्छ । क्याफिनजन्य चिज खानाले मानिस थकानरहित हुन्छ र शरीरमा पाचनसम्बन्धी रासायनक्रिया तीव्र बन्छ । साथै, यसले शरीरलाई डिहाइड्रेट गराउँछ । सुत्नुअघि मानिसको शरीरमा यस्ता परिवर्तन आउनु ठीक मानिँदैन ।

मसलायुक्त खाना सुतेको बेला मानिसको पाचन प्रक्रिया ढिलो सञ्चालनमा आउँछ । मसलायुक्त खाना पचाउन बढी समय लाग्छ । यस्तो खाना खाइयो भने गहिरो निद्रा लाग्दैन । यसले शरीरको तापक्रमसमेत घटाउने भएकाले मिठो निद्राका लागि यो राम्रो मानिँदैन । यस्तो खाना खाएर सुत्दा ऐँठन हुने सम्भावनासमेत भएको मन्ट्रियल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले देखाएको छ ।

कफी खाना खाइसकेर सुत्नुअघि कफी खाने बानी राम्रो होइन । सुत्ने बेलामा कफी खाइयो भने निद्रा पर्न अप्ठेरो हुन्छ ।   मदिरा मदिराजन्य पदार्थ पिउनाले मिठो निद्रा पर्ने आम मान्यता छ । तर, मिठो निद्रा पर्नुको अर्थ रातमा पटक–पटक नबिउँझनु पनि हो । बियर, रक्सी, वाइन आदि खाएर सुत्दा सुरुमा गहिरो निदाइए पनि रातमा पटक–पटक उठ्नुपर्छ ।

रातो मासु बदाम, दूध, चिज आदिमा प्रोटिनको मात्रा सन्तुलित मात्रामा पाइन्छ, जसले मिठो निद्रा लगाउँछ । रातो मासुमा प्रोटिन उच्च मात्रामा पाइन्छ । यसले अनिद्राको समस्या उत्पन्न गराउँछ । किनभने, प्रोटिन पचाउन शरीरलाई अप्ठेरो हुन्छ । साथै, प्रोटिनमा पाइने एमिनो एसिडले दिमागलाई चनाखो राख्छ र निद्रा पर्न दिँदैन ।

केही तरकारी फलफूल र तरकारी स्वास्थ्यका लागि राम्रो हो । यसले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने गर्छ । तर, कुनै–कुनै फलफूल र तरकारी यस्ता हुन्छन्, जसलाई सुत्नुअघि खायो भने निद्रा पर्दैन । काउली, ब्रोकाउलीलगायत तरकारीमा पाइने तŒवले दिमागमा उत्पन्न हुने ट्राइप्टोपान नामक एमिनो एसिडको प्रभावलाई कमजोर बनाइदिन्छ । ट्राइप्टोपान मिठो निद्रा लगाउन आवश्यक हुन्छ । त्यस्तै, बन्दाकोबी, कोसे तरकारी, सेतो च्याउ, गोलभेँडालगायत तरकारी पनि सुत्नुअघि भरिसक्के खानु हुँदैन ।

मिठाई सुत्नुअघि मिठाई, केक, चकलेट, कुकिज अथवा आइसक्रिम खाने बानी कसैकसैमा हुन्छ । यसले मनलाई आनन्द त देला, तर मिठो निद्रा दिँदैन । यस्ता खाद्य पदार्थमा चिनीको मात्रा उच्च हुन्छ, जसलाई राती सुत्ने बेला नियमित खानाले निद्रा पर्दैन ।

जंक फुड खाना बनाउन अल्छी मानेर राती जंक फुड खाएर सुत्नेको संख्या बढिरहेको छ । क्यान्डी बार, पोट्याटो चिप्स, चाउचाउलगायत फास्ट फुडलाई डिनरका रूपमा खानेको संख्या बढिरहेको छ । तर, यस्ता खानामा फ्याट र सुगरको मात्रा बढी हुन्छ, जसले निद्रा उत्पन्न गराउने हार्मोन काट्ने काम गर्छ । राती यस्ता खाना खानाले मोटाउने समस्या पनि हुन्छ । किनकि, यस्ता खाना खाएपछि शारीरिक श्रम गर्ने खालको परिस्थिति चाहिन्छ । राती यस्ता खाना खाएर सुत्ने गर्नाले शरीरमा बोसोको मात्रा बढ्न पुग्छ । -स्वास्थ्यखबर पत्रिकाबाट

चर्चामा

सम्बन्धित समाचार